वीरगञ्ज ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले एक समारोह बीच सङ्घकै कार्यकक्षमा नवआगन्तुक पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे र वीरगञ्ज भंसार कार्यालयका प्रमुख भंसार अधिकृत मित्रलाल रेग्मीसँग भेटघाट तथा छलफल गरेको छ ।
समारोहमा वीउवासङ्घका अध्यक्ष प्रदीपकुमार केडियाले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको सम्भावना व्यक्त गर्दै यस क्षेत्रका सामु रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रकाश पार्नु भएको थियो । उहाँले यस क्षेत्रमा अवस्थित उद्योग प्रतिष्ठानहरुले राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदान बारे चर्चा गर्नुहुँदै पर्सा–बारा औद्योगिक क्षेत्रलाई निर्वाध र भयरहित वातावरणमा सञ्चालन गर्न सबैको सहकार्य माथि जोड दिँदै हावा हुरीसँगै आगलागी हुने सम्भावनालाई दृष्टिगत गरी औद्योगिक कोरिडोर तथा पर्सा जिल्लाको ग्रामीण क्षेत्रका लागि वारुण यन्त्रको व्यवस्थाको लागि सङ्घले सरोकारवाला निकाय समक्ष पटक पटक पहल गर्दै आए भएतापनि सोको व्यवस्था हुन नसकेबाट सोको व्यवस्थाको लागि आवश्यक पहल गरी दिन हुन प्रजिअको ध्यानाकर्षण गराउनुभयो ।
छलफलमा उठेका विषयहरुमाथि प्रकाश पार्दै प्रजिअ घिमिरेले सङ्घको तर्फबाट प्रस्तुत भएका सुझावहरुमा आपूm गम्भीर भएको बताउनुहुँदै आपूmले भ्याएसम्म प्रस्तुत समस्याहरु न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले व्यापार भंसार तथा प्रशासनको अन्तरसम्बन्ध मजबुत भयो भने निजी क्षेत्रका समस्या धेरै हदसम्म समाधान हुने बताउनुभयो । साथै हावा हुरीको याममा आगलागी हुने सम्भावनालाई दृष्टिगत गरी औद्योगिक कोरिडोर तथा पर्सा जिल्लाको ग्रामीण क्षेत्रका लागि वारुण यन्त्रको व्यवस्थाको लागि पहल गर्ने बताउनुभयो । यसैगरी प्रमुख भंसार अधिकृत मित्रलाल रेग्मीले वैध व्यापारलाई प्रोत्साहन र अवैध व्यापारलाई निरुत्साहित गर्ने तर्फ सबैको सामूहिक पहल हुनुपर्नेमा जोड दिएका थिए ।
छलफलका क्रममा सङ्घका पूर्व अध्यक्ष गणेशप्रसाद लाठ तथा अशोककुमार वैधले वीउवासङ्घले अघि सारेका ग्रेटर वीरगञ्ज र सङ्घको सक्रियतामा सञ्चालन गरिएको सिसिटिभी परियोजनाको बारेमा चर्चा गर्नु भएको थियो । उहाँहरुले आ–आफ्नो व्यापार व्यवसाय भयरहित वातावरणमा उद्योग व्यापार सञ्चालन गर्न पाउनुपर्ने र वीरगञ्ज लगायत पर्साको सुरक्षा व्यवस्था सुदृढ तुल्याउने तर्फ प्रभावकारी पहलको आवश्यकता माथि जोड दिएका थिए ।
सङ्घका उपाध्यक्ष गोपाल केडियाले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा सङ्घका पदाधिकारी, का.स.स., उद्योगी व्यापारीहरुको उपस्थिति रहेको थियो ।

Nepalese Rupee Exchange Rate