– रुद्र चूडाल
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दक्षिण एसियाका ठूला नेता हुन् | १२ वर्ष भ्रमणमा प्रतिबन्ध लगाए पनि अमेरिकासंग उनी कहिल्यै झुकेनन् | अन्ततः अमेरिका नै झुक्यो र उनलाई भीसा दिएर स्वागत गर्यो | त्यस्ता मोदीलाई पनि झुकाउन सक्ने हाम्रो नेपालमा कत्रो तागत रहेछ ? एक बर्ष भित्रै फरि दोस्रो पटक उनी पशुपतिनाथ आएर झुक्दैछन् | त्यति मात्र होइन उनी यसपालि सीता माता जानकीको जन्म थलो जनकपुर र बुद्धको जन्म थलो लुम्बिनीमा पनि झुक्दैछन् | उनी हाम्रो थलोमा आएर झुक्न बाध्य पनि छन् | किनभने तिनै सीता र बुद्दको नाम लिएर उनले गत चुनावमा बिहार र उत्तर प्रदेशबाट भोट मागेका थिए | त्यसैबाट भोट पाएर उनी दक्षिण एसियाका ठूला र विश्वको चर्चित नेता बन्न पुगेका छन् |”
मैले फेसबुककालागि लखेको यो स्टाटस धेरै फेसबुक मित्रहरुले मन पराएको देखेपछि यसलाई पुरा लेखको रुपमा अगाडी बढाउन मन लाग्यो | मैले माथि उल्लेख गरेका पशुपतिनाथ, जनकपुर र लुम्बिनी नेपालका प्राचीनकालदेखि शक्तिका स्रोत हुन् | त्यहि स्रोतको कारण विगतमा विशाल नेपाल निर्माण भएको थियो | त्यत्रो भारत, पाकिस्तान, बंगलादेश अंग्रेजहरुले क्वाप्पै खाँदा नेपाल खान सकेनन् | हामी नेपालीले कसैसंग झुक्नु परेको थिएन | सुगौलीको सन्धिमा लुम्बिनी र जनकपुर खाएर पनि फिर्ता गर्न अंग्रेजहरु बाध्य भए | खान सकेनन् | त्यसैले त पशुपतिनाथले रक्षा गरुन् भन्ने चलन उहिल्यै देखि चलेको रहेछ | दक्षिण एशीयाकै प्रमुख शक्ति भएरै होला नेपालको पशुपतिनाथमा दक्षिण भारतका पुजारी रहने गरेका | नत्र त ऊ बेलाको जमानमा यातायात थिएन उनीहरु बर्षौ यात्रा गरेर पशुपतिनाथमा पुजारी बन्न किन आइरहन्थे होला र ?
नेपालका शक्तिका स्रोत मध्ये अर्को प्रमुख शक्तिको स्रोत मुस्ताङको मुक्तिनाथ पनि हो | यही मुक्तिनाथमा दर्शन गर्न आउँदा बनारसका मिश्र बाहुनहरू गोरखा दरबारमा उहिल्यैदेखि बास बस्ने गरेका पाइन्छ | बनारस युगौंदेखि हिन्दुहरुको धार्मिक मात्र होइन विद्याको प्रमुख थलो पनि थियो | त्यस्तो ठाँउका ठूला घरानाका मिश्र परिवारलाई पशुपतिनाथ र मुक्तिनाथ दर्शन गर्न आउँदा-जाँदा खान, बस्न दिएर स्वागत गर्ने अवसर पाएको गोरखा दरबारले पछि अर्याल बाहुनहरुलाई हटाइ मिश्रहरुलाई राजगुरु बनायो | यही मिश्र घरानाका श्रीहर्ष मिश्रले पृथ्वीनारायण शाहलाई ब्रतबन्धमा मन्त्र सुनाएका थिए | त्यति मात्र होइन उनले पृथ्वीनारायण शाहलाई पटना, इलाहवाद र बनारसको भ्रमण गराएका थिए | श्री मिश्रले पृथ्वीनारायण शालाई केटी खोजेर विवाह पनि गरिदिए | त्यसबेला मधेशी सेन राजाहरु बाहेक बाइसी चौविसी अरु पहाडी राजाहरुलाई मधेशी राजपूतहरुले छोरी दिंदैनथे | किनभने मधेशी राजपूत धनी हुन्थे | पाहाडमा हावापानी नमिल्ने भएर पनि हुन सक्छ | यिनै मिश्रको प्रभावको कारण मकवानपुरका राजाले पृथ्वीनारायणलाई छोरी दिए |
मकवानपुरका राजाले उचित दाइजो नदिएको भन्दै श्री मिश्रले पछि गोरखपुरका धनी राजपूत दयाराम सिंहकी छोरी विवाह गराइदिए | कुनै कुनै इतिहासकारहरुले बनारसका राजपूत अहिमानसिंहकी छोरी नरेन्द्रराज्य लक्ष्मी भएको कुरा पनि लेखेका छन् | सबैतिरबाट भाग्यले साथ दिदै आएको पृथ्वीनारायण शालाई पाटनका प्रधानहरुले इ.सं. १७६४ मा राजा बनाए | पृथ्वीनारायण शाहलाई उनीहरुले नेवारकी छोरी पनि विवाह गराइदिए | यस अघि मधेशको ठूलो भूभागमा फैलिएको देश मकवानपुरले उनलाई राजा बनाइसकेको थियो | त्यसबेला मकवानपुर मधेशको ठूलो भएता पनि आर्थिक रुपमा कमजोर थियो | बंगालका मुगलहरुलाई हात्तीहरु र बर्षको १२ हजार रुपियाँ दिनु पर्दा मकवानपुर टाट थियो | त्यसकारण बंगाल अंग्रेजको नियन्त्रणमा गएको मौका छोपी त्यहाँका एकथरी भारदारहरुले गोरखाको सहायता लिई विद्रोहीहरुको दमन गरी पृथ्वीनारायण शाहलाई राजा माने |
यसैगरी पृथ्वीनारायण शाहका छोरा प्रतापसिंह शाहको पनि गोरखपुर कै मधेशी राजपूतकी छोरी राजेन्द्र लक्ष्मीसँग विवाह भयो | दरबारमा पकड बलियो बनाइराख्न चाहने पाटनका प्रधानहरुले पुर्व मन्त्री वीरनरसिंहकी छोरी मैजुरानीको प्रातापसिंह शाहसंग विवाह गराई दिए | अंग्रेजहरुले पश्चिम भारतमा मुगल बादशाहरुलाई नियन्त्रण गर्दै लगे पछि पश्चिमी नेपालका हिन्दू राजपूत राजाहरुले पनि नेपालका राजालाई महाराजा हिन्दूपति मान्ने क्रम बढ्दै गयो | यसरी पृथ्वीनारायण शाह नेपालको महाराजा बनेको ४० वर्ष भित्र मै नेपाल पूर्वमा टिस्टादेखि पश्चिममा काँगडा र दक्षिणमा मधेशको ठूलो भूभागमा फैलिएको थियो | पृथ्वीनारायण शाहले नेपाल हिन्दूहरुको प्रमुख स्थान भएको घोषणा गर्दै काठमाण्डुबाट फिरंगीहरुलाई निष्काशन गरेपछि नै हिन्दू राजपूत राजाहरु नेपालका राजालाई महाराजा मानेर एकीकृतहुन बाध्य हुदै गएको देखिन्छ | किन भने अंग्रेजहरुले मुसलमानको शासन हड्पे पछि आफ्नो राजा फिरंगीसँग चाहिं नझुकोस भन्ने हिन्दूहरुको चाहना हुन्थ्यो |
यसरी नेपाल प्राचीनकालदेखि हिन्दू र बुद्द सभ्यताको प्रमुख थलो भएकोले फिरंगीहरुबाट बच्न बिशाल नेपाल पुनर्स्थापित र विस्तार भयो | गोरखाले हतियारको बलबाट नेपाल एकीकरण गरेको हो भन्ने हाम्रा इतिहासकारहरुले दावी त गरेका छन् तर उनीहरुले तथ्यलाई पूर्ण ढाकछोप गर्न चाहिँ सफल भएको देखिदैन | संसारमा कहिं पनि कुनै तानाशाह स्थापित भयो भने सबै भन्दा पहिले उसले आफ्ना नातागोता दाजुभाइ दिदीबहिनी पोस्छ, सम्पन्न बनाउछ | नातागोता नभए पनि कम्तिमा आफ्ना सहयोगीहरुलाई शक्तिशाली नबनाउने तानाशाह त संसारमा हुँदैहुन्नन् | तानाशाह आफैले त्यो कार्य गरेन भने पनि उसका चाकडीबाजहरुले नै त्यो काम सम्पन्न गर्छन् | तर पृथ्वीनारायण शाह त आफै शक्तिहीन थिए | उनले गोरखाका कुनै पनि खस मगरलाई उच्च पदमा नियुक्ति दिएको देखिदैन | खस मगरलाई त के उनले आफ्ना भाइ भतिजाहरु समेतलाई कहींकतै उच्च पदमा नियुक्ति दिलाएको देखिदैन |
पाटनले आफुलाई राजा बनाएपछि पृथ्वीनारायण शाहले साहिंला भाइ दलमर्दन शाहलाई आफ्नो प्रतिनिधिको रुपमा पाटनमा राखेका थिए | तर कीर्तिपुरमा भएको दोस्रो आक्रमणबाट पाटनेहरु रिसाएर उग्र भइ उनलाई राजा पदबाट निष्कासित गरिदिए | उनीहरुले प्रतिनिधिका रुपमा रहेका दलमर्दन शाहलाईनै मुकुट पहिराएर राजा बनाइदिए | किनभने त्यति बेला किर्तिपुर पाटन अन्तर्गत थियो | खसहरुको लहै लहैमा लागि आफ्नै राज्यमा आक्रमण गर्ने भनेर पृथ्वीनारायण शाहलाई दोषी ठहराइयो | पछि उनी काठमकाठमाडौँका राजा भएपछि भने उनका गुरु श्रीहर्ष मिश्रले धेरै सम्झाइबुझाई गरे पछि मात्र पाटनका प्रधानहरुले फेरी पृथ्वीनारायणलाई राजा मानेका थिए | उनका अर्का भाइ दलजित शाहको नेतृत्वमा गएको फौजले सिन्धुली गढी र आसपासका भूभाग जितेको भनिएको पढ्न पाइन्छ | तर वास्तवमा त्यसो भएको भए, उनले जितेको ठाँउमा राजा नभए पनि प्रान्तपाल भएर बस्न पाउनु पर्थ्यो | तर उनी पृथ्वीनारायण राजा भइन्जेल वरिपरी घुमेका मात्र देखिन्छन् कुनै उच्च पद पाएको देखिदैन | बरु पृथ्वीनारायणको निधन भएको १३ दिन नपुग्दै भतिजा बहादुर शाह सहित उनी नजरबन्दमा परे | श्री हर्ष मिश्रका छोरा राजगुरु गजराज मिश्र नया राजा प्रतापसिंह शाहलाई आशिर्वाद दिन बनारसबाट काठमाडौँ आएका बेलामा श्री मिश्रले उनीहरुलाई नजरबन्दबाट मुक्त गराइदिए | सिन्धुलीमा बिद्रोही दबाउन लडाकुको माँग भए पछि खस मगरको टोलीको नेतृत्व दिएर उनलाई त्यहाँ पठाइएको चाहिँ सत्य हुन सक्छ | माहिला भाइ किर्तिमहोद्धम शाहले मकवानपुरमा राजा बन्न रहर गरेका थिए | यदि गोर्खाले मकवानपुर जितेको भए उनी राजा नभए पनि प्रान्तपाल त अवश्य हुने थिए होलान् | तर मकवानपुरमा त्यहींका राजाका पूर्व सल्ल्हाकार दिनानाथ उपाध्याय नै सर्वेसर्वा थिए | अर्का कान्छा भाइ सुरप्राताप शाहको नेतृत्वमा भक्तपुरमा गोर्खाली फौजको आक्रमण भएर जितेको भनिएको छ | तर भक्तपुर नेपालमा गाभिए पछि यिनी उपत्यका निष्काशनमा परे | भक्तपुरमा निर्दोष मानिसको धेरै मृत्यु भयो | त्यसकारण सुरप्रतापको काजी पद खोस्नु पर्छ भनेर २ महिनासम्म नेपाल दरबारमा छलफल चलेपछि काजी पद नखोस्ने तर निष्कासन गर्ने निर्णय भएको देखिन्छ |
यसरी सरसर्ती हेर्दा पृथ्वीनारायण शाह कुनै तानाशाह वा एकात्मवादी जस्ता देखिदैनन | तर पृथ्विनारायण शाहलाई उपत्यकाले राजा बनाए पछी भने उनलाई हिन्दूपति मानेर सबैले आफ्नो स्वसासन कायम राख्दै नेपालसंग एकिकृत भएको प्रष्ट देखिन्छ | टाढा टाढाबाट नेपालमा एकीकृत हुन चाहनेहरुले आफ्ना विद्रोही दबाउन सैन्य सहयोग माग्ने गरेका र नेपालले खस मगर सम्मिलित लडाकु फौज त्यसतर्फ पठाउने गरेको कुरा चाहिँ सत्य हो | अब खस मगर लडे भन्दैमा गोर्खालीले जितेको भन्नु त भएन नि | किन भने त्यसबेला सबैका लडाकु खस मगर नै हुन्थे | जस्तो काठमाडौँका राजा जयप्रकाश मल्लका सेनापति जयन्त राना मगर थिए | उता भक्तपुरमा परशुराम थापा सेनापति थिए | चौदण्डीका मधेशी राजाका सेनापति स्वरुपसिंह कार्की थिए | यसैगरी मकवानपुरका मधेशी राजा दिग्बन्धन सेनका सेनापति कनकसिंह बानियाँ थिए | अवधका मुगल नवाबले बुटवलमा आई खस मगर सैन्य भर्ना गर्थे | पंजावको लाहोर (हाल पाकिस्तान)मा समेत खस मगर लडाकु भर्ना गर्ने चलन भएको देखिन्छ | जस्तै नालापानीमा नेपाल अंग्रेज युद्द सकिए पछि बलभद्र कुंवर लाहोर गइ खस मगर सैन्य कम्पनीको नायक भएका थिए | अब त्यसबेला चलन नै त्यस्तै थियो |
चौदण्डी राजाका सेनापति स्वरुपसिंह कार्की प्रतापसिंह शाहको पालामा दिवान(प्रधानमन्त्री) पदमा नियुक्त भएका थिए | उनको जस्तो यति ठूलो पद गोरखाका खसहरुले यसअघि पाएकै थिएनन् | गोरखाका कुँवर र बस्नेतहरुले चौदण्डी जितेका भए यी कार्कीले नेपाल दरबारमा यति ठूलो पद पाउँथे होलान् ? राजेन्द्रलक्ष्मीको पालामा सर्वजीत रानामगर मूलकाजी(प्रधानमन्त्री) भएका थिए | यिनी कहाँका थिए भन्न सकिएन | तर यिनलाई गोरखाका खसहरुले षड्यन्त्र गरी राजेन्द्रलक्ष्मीसंगै यौन सम्बन्ध राखेको आरोप लगाई हत्या गरिदिए |
नेपालको इतिहास वास्तवमा के हो व्यापक अनुसन्धान नगरी यसै विश्लेषण गर्न गाह्रो छ | तर यसै हेर्दा विशाल नेपाल एकीकृत हुनमा जनकपुर, लुम्बिनी र काठमाडौंको हिन्दू बुद्द राष्ट्रियताले काम गरेको चाहिँ प्रष्ट देखिन्छ |
यसैवीच अंग्रेजहरु नेपालमा हस्तक्षेप गरेर भाँड्न नसके दक्षिण एसियाबाटै भाग्नु पर्ने दिन आउने स्थिति देखेर हिन्दू बुद्द मार्गीहरुसँग डराइरहेका थिए | किनभने अवध उनीहरुको कब्जामा आएपनि त्यस अन्तर्गतका पश्चिम नेपालका हिन्दू राजपूत राजाहरुले फिरंगीहरुलाई कर नतिर्ने भन्दै धमाधम नेपालमा एकीकृत भैरहेका थिए |
यता नेपाल दरबारमा बस्नेतकी छोरी रणबहादुरलाई विवाह गराएर गोरखाका खसहरु नेपालको भारदारी सभामा छिर्न सफल भएका थिए | यही नाताबाट भारदारीमा छिरेका किर्तिमानसिंह बस्नेतले भीमसेन थापालाई रणबहादुरको अंगरक्षक बनाइदिएका थिए | यिनै अंगरक्षक थापाले ठूलो दरबार हत्याकाण्ड गराए | त्यो हत्याकाण्डमा रणबहादुर शाह , उनका नेवारनी आमा पट्टिका दाजुभाइ बिदुर शाह र शेरबहादुर शाह लगायत देशका ठूला भारदारहरु सबैको हत्या भयो | बनारसबाट फर्केको २ वर्ष पछि हत्याकाण्डको पूर्व सन्ध्यामा मात्र रणबहादुरलाई मुख्तियार पदमा नियुक्त गर्नु, पाल्पाली राजाकी छोरी विवाह गरौला भनी रणबहादुरलाई फकाएर बनारसबाट ल्याएर अन्तमा आफ्नै भाइ नयनसिंह थापाकी १२ बर्षकी कलिली छोरी त्रिपुरासुन्दरी विवाह गराइदिनु, रणबहादुरको हत्या पछि त्रिपुरासुन्दरीलाई मात्र बाँकी राखेर अरु सबै तीनवटी रानीलाई सती पठाउनु, पृथ्वीनारायण शाहका भाइका राजनीतिसँग असम्बन्धित निर्दोष छोरा नातिहरुलाई अन्धा बनाउनु र तिनको सम्पत्ति हरण गरेर रंगनाथ पौडेल र भीमसेन थापाले बाँडेर लिनु, प्रतिमान रानामगर, प्रबल राना, नरसिंग गुरुङ, भिम खवास (थारु), त्रिभिवन प्रधान खवास ( नेवार ) लगायत सबै जातजातिका ठूला भारदारहरुको हत्या गर्नु, त्यतिले नपुगेर तिनका २ वर्ष देखि १५ वर्ष सम्मका निर्दोष छोरानातिहरुको हत्या गर्नु जस्ता घृणित कार्य भीमसेन थापाले गरेको देखिन्छ |
त्यसबेलाको समाजमा फलानाको छोरा, फलानाको नाति भने पछि समाजले उसलाई मान्थ्यो | ती साना बच्चा ठूला भएपछि समाजले तिनलाई मान्छ र आफ्नो सत्ताकोलागि चुनौती बन्लान् भन्ने डरले भीमसेन थापाले ती निर्दोष बच्चाहरुको हत्या गरेको देखिन्छ | राजधानीमा ठेउलाको महामारी सर्छ भन्ने बहाना बनाइ खस, बाहुन र नेवार बाहेक अन्य जातिका धेरै मानिसलाई उपत्यका निष्कासन गरिएको पाइन्छ | भिमसेन थापाले हत्याकाण्ड गरिसके पछि नेपाल दरबारमा साढे ३ वर्षका राजा गिर्वाणयुद्द विक्रम शाह, थापाकी भतिजी १३ वर्षिया महारानी त्रिपुरासुन्दरी र बस्नेत रानी पट्टिका ५ वर्षका रणदत्त शाह मात्र बाँकी थिए | यसरी भीमसेन थापाले राजपरिवार र विभिन्न जातजातिका ठूला भारदारको हत्या गरी देशमा खसवादको जग बसाए |
रणबहादुरले बस्नेतकी छोरी शूवर्णप्रभासँग विवाह गरे पनि उनले महारानीको दर्जा नपाउनु, रानीको दर्जा मात्र पाउनु, तिनीपट्टिबाट जन्मेको जेठा छोरालाई राजा बनाउन सबै भारदारहरुले नमान्नु तर उता मधेशी मिश्र बाहुनी कान्तिवतीले महारानीको दर्जा पाउनु र उनका छोरा गिर्वाणयुद्दलाई राजा घोषित गर्न ९५ भन्दा बढी भारदारहरुले हस्ताक्षर गरेर धर्मपत्र गर्नु जस्ता घटनाको विश्लेषण गर्दा रणबहादुर हत्याकाण्डअघि नेपाल दरबारमा गोर्खालीहरुको प्रभाव सून्य देखिन्छ |
भीमसेन थापा बनारसबाट रणबहादुर शाहलाई फकाइफुल्याई काठमाडौँ लिएर आँउदा मधेशको सीमानासम्म अंग्रेज फौज उनलाई सुरक्षा दिएर आउनु, काठमाडौँ आएपछि अंग्रेज विरोधी दामोदर पाण्डे लगायत देशका ठूला भारदार सबैको हत्या गर्नु, अंग्रेजका ठूला विरोधी तर नेपाल अधिराज्यलाई स्वीकार गरेर बसेका पाल्पाली र गढ़वाली राज परिवारको हत्या गर्नु, अंग्रेज विरोधी कुमाउका प्रान्तपाल दामोदर पाण्डेका छोराको हत्या गर्नु, बनारसमा बसेर नेपाल एकीकरणमा सक्रिय भूमिका खेलिरहेका राजगुरु गजराज मिश्रलाई हटाइ रंगनाथ पौडेललाई राजगुरु र परराष्ट्र मन्त्री बनाउनु, अंग्रेज विरोधी र मकवानपुर नेपालमा मिसाउने दिनानाथ उपाध्यायलाई हटाइ तिनको सट्टामा रंगनाथ पौडेलका भाइ श्री कृष्ण पौडेललाई कलकत्ताको वकिल बनाउनु सबै संयोग मात्र हुन सक्तैन | ती सबै अंग्रेजहरुलाई खुशी पार्न भीमसेन थापाले गरेका राष्ट्रघाती कार्यहरु भएको बुझ्न सकिन्छ
अंग्रेजको आडमा नेपालको सत्ता गोर्खालीले कब्जा गरेपनि आखिर अंग्रेजले मागे जति भीमसेन थापाले दिन सकेनन् | त्यो हत्याकाण्डले विशाल नेपाल अत्यन्त कमजोर भयो | चारै तर्फ भीमसेनको विरोध भएको देखेपछि अंग्रेजले पनि नेपाल खाने दाउले चारै तर्फबाट आक्रमण गर्यो | अन्ततः भीमसेन थापा तिनै पहिले आफुले निकालेका राजगुरु गजराज मिश्र र दिनानाथ उपाध्यायको छोरा चन्द्रशेखर उपाध्यायको शरणमा परे | आफ्ना बाबुहरुले र आफुले अनेक कुटनीति गरेर जोडेको नेपालको उनीहरुले पनि माया गरे | मलाई पहाड मात्र भए पनि बचाई दिनु भनी भीमसेन थापाले आग्रह गरेका थिए | पूर्व पश्चिम र तराइ मधेश गरेर नेपालको दुइतिहाई भूभाग काटेर अंग्रेजलाई दिएर भए पनि उनीहरुले सुगौलीको सन्धिमा हस्ताक्षर गरी नेपाल बचाए | युगौंदेखिको शक्तिको स्रोत लुम्बिनी र जनकपुर अंग्रेजहरुले खान सकेनन् र केही वर्ष भित्रै नेपाललाई फिर्ता गरिदिए |
भीमसेन थापाले खस तानाशाही चलाएर नेपालको भारदारी सभालाई आफ्नो परिवारमा मात्र सीमित राखे | उनले आफ्ना बुबा र भाइलाइ पाल्पाको प्रान्तपाल बनाए | सबै महत्वपूर्ण ठाउहरुमा आफ्ना भाइहरु, भाइका र आफ्ना ससुराली खलक, भाइका छोराहरुका ससुराली खलक, आफ्ना छोरीज्वाईंहरुलाई नियुक्ति दिलाएर श्वशासन खोस्दै खसवादलाई मजबुत बनाउँदै बहुभाषिक र बहुसांस्कृतिक नेपालको खिल्ली उडाए | उनैको पदचाप पछ्याउदै गोरखामै जन्मेका जंगबहादुरले कोतपर्व र भण्डारखाल पर्व गराएर खसवादलाई निरन्तरता दिए | उनी पनि भीमसेन जस्तै सुरुमा युवराज श्री ५ सुरेन्द्रको अंगरक्षक भई दरबार छिरेका थिए | जंगबहादुर भीमसेनले गराएको दरबारहत्याकाण्डका नाइके बालनरसिंह कुँवरका छोरा थिए | भीमसेन र आफ्ना बाबुको पतन देखेका जंगबहादुरले सबै भन्दा पहिले खसको सामाजिक मर्यादा बढाउनु आवश्यक ठाने | त्यसकारण उनले आफु भारतीय राजपूतको सन्तति भएको भन्दै राणा थर लेखाएर राजपूत परिवारसँग बिवाह गर्न पाउने लालमोहर प्राप्त गरे | त्यसपछि आफु र आफ्ना सन्तानको राजपूत परिवारसँग बिवाह गराए | यसैगरी गुरुङहरुलाई हात लिएर आफुलाई लमजुँग र कास्कीको श्री ३ महाराज भएको घोषणा गराए | बिस्तारै समयक्रममा सबै जनताले उनलाई श्री ३ महाराज भनिदिए र खसवाद ( गोर्खाली राष्ट्रवाद ) बलियो भएर गयो |
अब यहाँनिर हामीसंग दुइवटा इतिहास छन् I एउटा युगौं देखिको श्वशासन युक्त संघीय नेपालको हिन्दू बुद्द राष्ट्रवादमा आधारित गौरवमय इतिहास र अर्को अंगरक्षकहरु भीमसेन थापा र जंगबहादुरले स्थापना गरेको खसवादी हिंसा र षड्यन्त्रमा आधारित गोर्खाली इतिहास | आम नेपालीलाई विद्यालयमा गोर्खाली इतिहास घोकाइएको र पढाइएको छ |
गलत इतिहासले राष्ट्रलाई गलत दिशा तर्फ धकेल्छ भन्ने कुरा नेपाली(गोर्खाली) सेनामा जागिर सुरु गरेका, गोरखाको विद्यालयमा शिक्षक बनेका र गोरखामा पहिलो गुरिल्ला तालिम लिएका र पछि भारतमा भूमिगत बसेर हिंसा र षड्यन्त्रको राजनीति गर्ने प्रचण्ड र गोरखामै जन्मे हुर्केका बाबुराम भट्टराई, उनीहरुको पार्टी एवं तिनकै आडमा पुनर्स्थापित भएका एमाले, कांग्रेशहरुले देशलाई संविधान दिन नसकेको अवस्थाबाट पनि हामी बुझ्न सक्छौं |
अब हाम्रो भूमिमा आएर झुक्ने र नेपाललाई माया गर्ने मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो देशको कुन इतिहासलाई बुझेका होलान् ? त्यसमा भने हामी सबै सचेत र जागरुक भइ हामी नेपालीको वास्तविक परिचय खुलाउने बेला आएको छ | किन भने हामीलाई माया गर्नेले हामीलाई चिन्नु पनि त अत्यन्त जरूरी हुन्छ नि होइन र ?
- रेडियो नेपालका पुर्व बरिष्ठ सम्पादक श्री चूडालले नेपालको इतिहासमा स्नातकोत्तर गर्नुभएको छ |