वीरगंज ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक कुमार वैध तथा सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत देवीराम भण्डारीबीच संघकै कार्यकक्षमा आज छलफल सम्पन्न भयो ।
भेटघाटको क्रममा वीउवासंघका अध्यक्ष अशोक कुमार वैधले प्रमुख भन्सार अधिकृत भण्डारीलाई स्वागत गर्दै सुख्खा बन्दरगाह संचालनमा आएको दशक विति सक्दा पनि पूर्ण रुपले संचालनमा ल्याउन नसकिएकोले आयात÷निर्यातकर्ताहरुले समस्या भोग्नु परिरहेको बताउनुभयो । हालसम्म तेस्रो मुलुकबाट नेपालमा आयात निर्यातका लागि प्रयोगमा रहेको कोलकाता पोर्टमा धेरै समय लाग्ने र झण्झटिलो भएकोले यसको विकल्पको लागि अन्य पोर्टलाई प्रयोगका लागि खुला गर्नुका साथै भारतबाट ओपन वेगनको व्यवस्था, सुख्खा बन्दरगाहमा रहेका गोदामको क्षमता अभिवृद्धि, सुख्खा वन्दरगाहलाई अन्राष्ट्रिय सिपीगं कम्पनी संग प्रत्यक्ष जोडनुपर्ने, फलाम तथा फलामजन्य मालवस्तुको अनलोड गर्नका लागि स्टेकर उपलब्धता नभएकोले पनि समस्या सिर्जना भइरहेको बिषय प्रति अध्यक्ष वैधले भंसार प्रमुख देवीराम भण्डारीको ध्यानाकर्षण गराउनुभयो ।
छलफलमा सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत भण्डारीले सुख्खा बन्दरगाह सम्बन्धी समस्याहरु प्रति आपूm गम्भीर रहेको बताउनुभयो । उहाँले सुख्खा बन्दरगाह सम्बन्धी व्यवहारीक समस्यालाई तत्कालै आफ्नो तहबाट निराकरण गर्ने र नीतिगत समस्याहरुलाई सम्बन्धित विभाग, मन्त्रालय एवं निकायमा जानकारी गराई समाधानका लागि पहल गर्ने बताउनुभयो ।
वीउवासंघका बरिष्ठ उपाध्यक्ष श्री प्रदीप केडियाले सुख्खा बन्दरगाह भन्सार कार्यालय तथा हिमालयन टर्मिनलले भौतिक पूर्वाधार तथा उपकरणहरु लगायतका विषयमा तत्कालै गर्नु पर्ने सुधारहरुका बारे प्रकाश पार्नुभएको थियो ।
उक्त छलफल कार्यक्रममा सुख्खा वन्दरगाह भंसार कार्यालयका भंसार अधिकृत हरिहर पौडेल, वीउवासंघका उपाध्यक्ष ओमप्रकाश शर्मा, उपाध्यक्ष सुवोध गुप्ता, महासचिव गोपाल केडिया, सचिवद्वय रविन्द्र वरनवाल, अनिल पटवारी सह–कोषाध्यक्ष दीपक टिबडेवाल, सह–सचिव मनोज शर्मा लगायतको उपस्थिति रहेको थियो ।