वीरगंज,कार्तिक २०
कुर्मी सेवा सदन पर्सा अर्थात कुर्मी धर्मशालाको दोस्रो अधिवेसन कार्तिक २२ गते शनिवार गाबिस रामगढवामा हुने भएको छ । अधिवेसनलाई लक्षितगरि बारा र पर्साको ४० भन्दा बढि गाबिसहरु लगायत वीरगंज उप–महानगरपालिका,कलैया नगरपालिकामा घर दैलो कार्यक्रम सम्पन्न गरेका छन् । धर्मशालाको उद्घाटन समारोहमा बढि भन्दा बढि कुर्मी समुदायका व्यक्तिहरुलाई सहभागि गराउने उदेश्यले प्रचार प्रसार गरिएको छ । घरदैलो कार्यक्रममा सेवा सदनका अध्यक्ष सुरेन्द्र कुर्मी,उपाध्यक्ष बिश्शेवर पटेल,सचिव सञ्जय पटेल,सह सचिव जितेन्द्र कुर्मी ,कोषाध्यक्ष शुभनारायण कुर्मी,सदस्य शिवशंकर प्रसाद कुर्मी,प्रेमबाबु पटेल,रामनारायण प्रसाद कुर्मी,राजेश कुर्मी ,अधिवक्ता रामनारायण कुर्मी,कुर्मी सशशक्तिकरण मञ्चका अध्यक्ष संतोष पटेल,पूर्व अध्यक्ष मुन्ना बाबु पटेल,सदस्य धर्मेन्द्र पटेल, राजेश पटेल लगायतको टोलीले बारा र पर्सामा गाउँ गाउँमा पुगी कार्यक्रम सफल बनाउन आ आफनो तर्फबाट सक्रिय सहभागिताको लागि अनुरोध समेत गरेको छ । २२ गते हुने अधिवेसनको लागि बिभिन्न ठाउँहरुमा होडीङ्ग बोर्डहरु समेत राखिएको एवं कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको मञ्च व्यवस्थापन समितीका संयोजक रामनारायण कुर्मीले बताए । अधिवेसनमा पूर्व मन्त्री ,सभासद ,समाजका अगुवा,बिशिष्ट श्रेणीका व्यक्तिहरु ,बुद्धिजिवी,सञ्चारकर्मी,आम कुर्मी समुदायका हजारौ व्यक्तिको सहभागिता हुने सेवा सदनका अध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मीले बताए ।

Nepalese Rupee Exchange Rate