हेटौडा/
बैदेशिक रोजगारी बिषयक एक दिने अभिमुखीकरण कार्यक्रम शनिबार हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रम हेटौँडा नगरपालिकासँगको सहकार्यमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद हेटौँडाले आयोजना गरेको हो ।
कार्यक्रम हेटौँडा नगरपालिका, सामाजिक बिकास महाशाखाका प्रबन्धक भिमप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्य तथा नेपाल मगर संघका केन्द्रिय सदस्य विश्व आले मगरको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल मगर युवा संघका केन्द्रिय अध्यक्ष अशोक सारु मगरले सहजिकरण गर्नुभएको थियो । मकवानपुरमा रहेका दश आदिवासी जनजाति संस्थाका ३० जना प्रतिनिधिको सहभागिता रहेको कार्यक्रम आदिवासी जनजाति महासंघ हेटौँडाका अध्यक्ष जंगबहादुर गुरुङ्गको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाल कुमाल समाज सुधार समितिका जिल्ला अध्यक्ष भैरवबहादुर कुमाल, नेपाल आदिवासी जनजाति महासंघ हेटौँडाका कोषाध्यक्ष नरेशलाल श्रेष्ठ, सचिव भिम भुजेललगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वैदेशिक रोजगारीको अवस्था, चुनौती र तयारी, वैदेशिक रोजगार ठगी र उद्दार, श्रम नीति तथा प्राबधानहरु, वैदेशिक रोजगारको घटना अध्ययनलगाएतका बिषयमा प्रशिक्षण दिईएको नेपाल आदिवासी जनजाति महासंघ हेटौँडाका सचिव भिम भुजेलले जानकारी दिनुभयो ।