पर्सा थोक तथा खुद्रा जेनरल किराना व्यवसायी संघको परिचयात्मक तथा अन्तरकृया कार्यक्रम सम्पन्न


वीरगंज/२४
पर्सा थोक तथा खुद्रा जेनरल किराना व्यवसायी संघ पर्साले आज वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक राजन प्रसाद मै
नाली संग परिचयात्मक तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष शंकर कुशवाहाको नेतृत्वमा गएको टोलीले विर्ताका प्रहरी प्रमुख मैनाली संग भेट गरी थोक, खुद्रा तथा जेनरल किराना व्यवसायीहरुले भोग्नु परेका समस्या, सुरक्षा चुनौती, करको अवस्था लगायतका सम्बन्धमा संघको धारणा राखेको थियो । त्यसको प्रतिउत्तरमा प्रहरी निरिक्षक मैनालीले उद्योगी व्यवसायीहरुको भावना अनुरुप आफू अगाडी बढने तथा व्यवसायिहरुको सुरक्षाको लागि प्रहरी सदैव सचेत रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । प्रहरी निरिक्षक मैनालीले व्यवसायीलाई पर्ने कुनै पनि समस्याको बारेमा आफूलाई सूचना दिन समेत व्यवसायीहरुलाई आग्रह गर्नु भएको संघका अध्यक्ष शंकर कुशवाहाले बताउनु भयो ।


SHARE THIS

Author:

Facebook Comment