सामुदायिक मुर्लीको अधिवेशन असार २१ मा

श्याम कुहवाहा/

वीरगंज,२४ जेष्ठ ।सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरको साधारण सभा अषाढ २१ गते हुने भएको छ ।
केन्द्रका उपाध्यक्ष विरेन्द्र महतोको अध्यक्षतामा शनिवार बसेको कार्यसमीतीको पुर्ण बैठकले केन्द्रको साधारण सभा अषाढ २१ मा गर्ने निर्णय गरेको हो । यस अघि केन्द्रले नया सदस्यताका लागी दिएको समय सिमा भित्र आएको २२० वटा आवेदनहरु मध्ये २०३ जनालाई सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । १५ जनाको आवेदन पुर्ण नरहेको र २ जनाको चाल चलन समाजमा ठिक नभएकोले सदस्यता नदिने निर्णय गरेको हो । त्यसतै पुरानो सदस्यता नविकरण नगराएको र अर्का व्यक्ती मार्फत नविकरण गराई स्वयम आफै नआएको ४३ जना सदस्यहरुको साधारण सदस्यता खारेज गरिएको कार्य समीतीले निर्णय गरेको उपाध्यक्ष विरेन्द्र महतोले बताए ।


SHARE THIS

Author:

Facebook Comment