प्रदिप गौतम
सिमरा/शिक्षाको गुणस्तर बढाउन सबै एक जुट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सामुदायिक रेडियो प्रसारक संघ एकोराबको सहयोग र रेडियो सिमरा ९१.२ मेगार्हजको आयोजमा आज सम्पन्न भएको शिक्षा सम्बन्धि शार्वजकि शुनुवाई कार्यक्रममा बोल्दै बक्ताहरुले स्थानिय तहमा शिक्षाको गुणस्त बढाउन शिक्षक तथा अभिभावकहरुको महत्वपुर्ण भुमिका रहेन बताएका छन् । कार्यक्रममा बोल्दै बाराका साहायक जिल्ला शिक्षा अधिकारि प्रह्लाद बर्णवालले शिक्षाको नाममा बिकृत फैलिएको भन्दै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ । उहाले बारा जिल्लामा हुने आगामि प्रबेशिका परिक्षालाई मार्यादित बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्र्दै गढिमाई नगरपालिकाका कार्यकारि अधिकृत कृष्ण चापागाईले नगरक्षेत्रभित्रका रहेका बिद्यालय तथा कलेजहरुलाई शिक्षाको क्षेत्रमा संयुक्त कार्यक्रम बनाएर गढिमाई नगरपालिकामा पेश गर्न आग्रह गर्नुभएको छ । नवघोषित नगरपालिकले शिक्षाको क्षेत्रमा आगामि दिनमा सक्दो काम गर्ने बताउदै चापागाईले शिक्षासंग सम्बन्धित बिषयमा संयुक्त योजना तथा कार्यक्रम बनाउन नगरबासिहरुलाई आग्रह समेत गर्नुभएको छ । यस्तै आयोजकको तर्फबाट कार्यक्रममा बोल्दै रेडियो सिमराका कार्यकारि निर्देशक अच्युत्त पौडेलले रेडियोले बिगतमा पनि शिक्षा सम्बन्धि चेतना मुलक सुचना तथा समाचार प्रसारण गर्दै आएको र आगामि दिनमा सुचना प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाले आगामि दिनमा पनि शिक्षा सम्बन्धि रेडियो कार्यक्रम शैक्षिक दर्पण जस्तै समुदायमा लक्षित कार्यक्रम लिएर आउने बताउनुभयो । कार्यक्रममा सहभागि बिद्यलयका प्रचार्य एवंम शिक्षकहरुले बिद्यार्थिहरुको निम्ति रेडियो सिमराले आगामि दिनमा थप उपब्लिध मुलक शैक्षिक कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । साथै उनिहरुले त्यस्ता कार्यक्रमको निम्ति आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा उपस्थित बिद्यार्थिहरुले बिद्यालयमा बिज्ञान बिषयसंग सम्बन्धि शैक्षिक सामाग्रि रहेता पनि शिक्षकहरुले त्यसको प्रयोग नगरेको गुनासो गरेका थिए । साथै समुदायमा रहेर रेडियो सिमराले शिक्षा क्षेत्रमा उल्लेखनिय भुमिका निवार्ह गर्दे आएका बताएका छन् ।कार्यक्रममा बोल्दै बिभिन्न राजनितिक दलका नेताहरले राजनितिक ईच्छा परिपुर्तिका लागि स्कुले बिद्यार्थिलाई प्रयोग नगर्ने समेत प्रतिबद्धता जनाएका थिए । उनिहरुले बिद्यालय व्यवस्थापन समति गठनमा पनि राजनितिक दलेको सक्रियता नरहेको तर अभिभावकको राजनितिक आस्थाका कारण त्यस्तो देखिएको धारण ब्यक्त गरेका थिए । यस्तै अभिभावकहरुले आफ्ना बालबाकिलहरुले समयमा पाठयपुस्तक पाउन नसकेका कारण पनि गुणस्तरिय शिक्षा पाउन बाट बन्चित हुनुपरेको बताएका छन् । साथै अभिभावकहरुले पाठयपुस्तकको नाममा अनियमितता गर्ने जो सुकौलाई पनि कारबाहिको दायरमा ल्याउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सिमरा, जितपुर र पथलैयाका बिभिन्न बिद्यालयका प्राचार्य, शिक्षक, बिद्यार्थि, अभिभावक, बिभिन्न बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्षहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु , संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको कार्यक्रम संयोजक सत्य श्रेष्ठले जानकारि दिनुभएको छ ।