करेन्ट लागेर नाबालकको मृत्यु

वीरगंज, २१ जेठ ।
              करेण्ट लागेर रौतहटमा एक नाबालकको मृत्यु भएको छ । बिधुतको पोलबाट हुकिंङ गर्ने क्रममा स्थानिय बरियारपुर गाबिस वडा नम्बर ६ का बिनोद ठाकुरका ६ बर्षियछोरा श्याम ठाकुरलाइ करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आफनै घरअगाडी रहेको बिधुतको पोलमा मंगलबारराती हुकिंग गर्ने क्रममा करेन्टलागेर नाबालक ठाकुरको  घटनास्थलमै मृत्युभएको प्रहरी नायव उपरिक्षक भिम ढकालले बताउनु भयो । मृतक नाबालकको शव पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाएको छ । विगत केहि दिन यता एक्कासी बढेको गर्मीको कारण मध्यतराइको जन जिवन नराम्र सग प्रभावित भएको छ । गरिब बस्तिहरुमा बिद्युत लाईन जोडन नसक्ने र अत्याधिक गर्मीको कारण रातमा सुत्न नसकेर विद्युत हुकिंगगरेर भएपनी पंखा चलाएर सुत्ने उदेश्यले बिद्युतको पोलमा हुकिंग गर्दा घटना भएको स्थानिय बासीन्दाहरुले बताएका छन ।

SHARE THIS

Author:

Facebook Comment