वीरगंज, २१ जेठ ।
बाराको गंज भवानीपुरमा बिषालु सर्पको टोकाईबाट बुधबार विहान एक बालिकाको मृत्यु भएको छ । आफ्नै घरमा सुती रहेको बेला गंजभवानीपुर वडा नं. ४ बस्ने बिरेन्द्र साहकी ८ बर्षिय छोरी अंजली कुमारी साहलाई मंगलबारराती बिषालु सर्पले टोकेको थियो । सर्पको टोकाईबाट घाइते भएकी साहलाई तत्काल उपचारको लागी नारायणी उपक्षेत्रिय अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा निजको बुधबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । विगत केहि सयम यता बढेको प्रचण्ड गर्मिका कारण मध्य तराइमा सर्पदंशाको घटनामा बृद्धि भएको छ । बर्षा पछि जमिनको सतहमुनि लुकेर बसेका विषालु सर्पहरु बाहिर निस्केर मानिसलाई डस्न थाले पछि सर्पदंशाको घटनाले विशेषगरि ग्रामिण क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा दैनिक रुपमा ३/४ जना सर्पदंशका घाइतेहरु आउने गरेको र उपचारका क्रममा केहिको ज्यान समेत जाने गरेको अस्पतालका स्नेक वाइट कक्षका प्रमुख डा.मनोज गुप्ताले बताउनुभयो ।