वीरगंज, २१ जेठ ।
रौतहट कारागारवाट उपचारको वहानामा दुइजना कैदि भागेको चारदिन विति सक्दापनि फेलापार्न नसकेपछि सत्य तथ्य पतालगाउन प्रहरी बरिष्ठ उपक्षिक सर्वेन्द्र खनालको नेतृत्वमा तिन सदस्सिय उच्चस्तरियटोली गठन भएको छ । गम्भिर प्रकृतिका अपराधमा कैदि भुक्तान गरिरहेका दुइजना कैदि उपचारको बहानामा दिन दहाडै फरार भएको घटनामा प्रहरीको समेत मिलोमतो भएको भन्ने सत्यतथ्य पत्ता लगाउन मध्य क्षेत्रिय प्रहरीकार्यालय हेटौडाले एसएसपी खनालको अगुवाइमा तिन सदस्सयीय टोली गठन गरेको हो । बरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाल, उपरिक्षक नलप्रसाद उपाध्याय, नायव प्रहरी उपरिक्षक कृष्ण अधिकारी सहितकोटोलीले मंगलबार देखी घटनाको अनुसंधान शुरुगरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरी नायव उपरिक्षक भीम ढकालको संयोजकत्वमा तीन सदस्यिय छानबिन समिति गठनगरेको चारदिन वितिसक्दा सम्म कुनै सुइको पाउननसकेको कारण अनुसंधानका लागी प्रहरी बरिष्ठ उपक्षिक खनाललाई उक्त मुद्धा जिमा लगाएको हो । टोलीले मंगलबार देखी मुदाको अनुसंधानको क्रममा जिल्लाप्रहरी कार्यालय,जिल्लाकारागार,र जिल्लाप्रशासन कार्यालयको स्थलगत निरिक्षण गरेको छ । शनिवार दिउसो उपचारका लागि लगिएका अपहरण तथा शरिर बन्धक उद्योग मुद्धाका कैदी नवीन यादव र लागु औषध मुद्धाका कैदी भारतीय उतर प्रदेशका महम्मद जावेद गौर स्थित तैयब नसिंगहोम छेउबाट फरार भएका थिए ।