वीरगंज १८
एकसय २५ औं अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा स्वतन्त्र मानवअधिकार समाजले बीरगंजको आर्दशनगरमा मजदुरको अधिकार रक्षा गर्ने नारा अंकित होडिंगबोर्ड राखिएको छ । “स्वतन्त्रता, लोकतन्त्र र मानव अधिकारको रक्षा गरौं श्रमिकहरुको हकअधिकारको सम्मान गरौं” भन्ने नारा अंकित होर्डिङ्गबोर्डको नेपाली कांग्रेसका सभासद राजेन्द्र बहादुर अमात्यले उदघाटन गर्नुभयो । स्वतन्त्र मानव अधिकार समाजका केन्द्रीय अध्यक्ष कृष्ण कुमार खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर सरकारी संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष रामनरेश यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।