जलवायु परिवर्तन अनुकुलन राख्न सबैले भुमिका निभाउनु पर्नेमा सरोकारवालाको जोड

वीरगंज, १८ बैशाख
जयवायु परिवर्तन रोक्न नसकिए पनि यसलाई अनुकुलन राख्न ढिला नगरी सबैले आआफ्नो क्षेत्रबाट आवश्यक भुमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जलबायु परिवर्तनबाट बारा, पर्सा र मकवानपुर जिल्लामा उत्पन्न समस्या र यसका समाधानका विषयमा इनिसिएटिभ नेपालले आज बाट वीरगंजमा शुरु गरेको २ दिने कार्यशाला गोष्ठिमा बोल्दै सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् । कार्यक्रममा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले बन जंगल संग जोडिएका क्षेत्रका बासिन्दालाई बनमै आश्रीत रहनु पर्ने बाध्यताको अब विकल्प दिन सक्नु पर्नेमा जोड दिनुभयो । ग्यास, गोबर ग्यास तथा अन्य विकल्प दिन सके बन
क्षेत्र अर्थात मध्यवर्ति क्षेत्रमा रहेका स्थानिय बासिन्दा बनमै आश्रीत रहनु पर्ने बाध्यता बाट मुक्त हुने र त्यसबाट केहि हद सम्म भए पनि बन जंगलको संरक्षण हुनेभएकाले जलबायु परिवर्तन अनुकुलन राख्न सहयोग पुग्ने विचार व्यक्त गर्नू भयो । बारा, पर्सा र मकवानपुर जिल्ला विशेष गरि चुरे संग जोडिएको र यसै क्षेत्रबाट अहिले दिनहुा चुरेको दोहन बढेको भन्दै त्यसको संरक्षण गर्नु अहिलेको प्रमुख दायीत्व भएकोमा समेत प्रमुख जिल्ला अधिकारी बजिमयले जोड दिनुभयो । चुरेको दोहन दिनप्रतिदिन बढिरहेकाले यसले प्रत्यक्ष रुपमा बारा, पर्सा लगायत तराइका जिल्ला मरुभुमिमा परिणत हुने अवस्था आएकाले यसको संरक्षण गर्नु अहिले सबैको दायीत्व भएको समेत उहााले बताउनु भयो । कार्यक्रममा हरियोवन (ध्ध) का सहायक प्रमुख अब्दुल सहिम अन्सारीले जलबायु परिवर्तनबाट भइरहेको समस्या र यसको अनुकुलनका लागि अब सरकारी, गैरसरकारी संघसस्था, सर्वसाधारण, शिक्षक, विद्यार्थी तथा निजि क्षेत्रलाई समेत समेटर सबै जुटेर लाग्नु पर्ने अवस्था आइसकेको बताउनुभयो । उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक धिरज प्रताप सिंह, सानो सन्सारका सुदिप घिमिरे, जलबायु परिवर्तन विशेषज्ञ निर्मल विक, बन अनुसन्धान अधिकृत धनेज थापा, इनिसिएटिभ नेपालका महासचिव सुलभ राज कार्कि लगायतको सहभागिता रहेको थियो । ग्क्ब्क्ष्म् को आर्थीक सहयोग तथा ध्ध को हरियो बन कार्यक्रम अन्तर्गत आज बाट २ दिने गोष्ठि शुरु भएको हो । इनिसिएटि नेपालका अध्यक्ष धिरज गुप्ताको सभापतित्वमा भएको उद्घाटन सत्रमा बारा, पर्सा र मकवानपुरका बन कार्यालयका प्रमुखहरु, विभिन्न सरकारी कार्यालय तथा जलवायु परिवर्तन सम्बन्धी काम गर्ने संघ संस्थाका प्रतिनिधीहरु एवं सामुदायिक बनका पदाधिकारी, सन्चारकर्मि लगायतको सहभागिता रहेको छ । कार्यक्रममा इनिसिएटिभ नेपालकी खुश्बु गुप्ताले सहजिकरण गर्नु भएको थियो ।


SHARE THIS

Author:

Facebook Comment