एडिकन ले मनायो १२५ औ मई दिवस्

अमित अग्रवाल
वीरगन्ज १८ बैशाख
स्वतन्त्र प्रजातान्त्रिक टे«ड यूनियन ( एडिकन ) ले एक कार्यक्रम गरी १२५ औ अन्तराष्ट्रिय मई दिवस् भव्यताको साथ मनाएको छ ।
वीरगन्जको स्वीमिङ्ग पुल तथा हेल्थ क्लब परिसरमा आयोजित १२५ औ अन्तराष्ट्रिय मई दिवस् कार्यक्रम राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सन १८८९ मे १का दिन अमेरिकाको शिकागो शहरका मजदुरहरुले आन्दोलन गरेर ८ घण्टे कार्य एक दिन लागु भए पछि त्यसैको उपलक्ष्यमा सन् १०९० देखि संसारभरका मजदुरहरुले मे १ को दिनलाई अन्तराष्ट्रिय मजदुर दिवस्का रुपमा मनाऊदै आईएको थियो । शिकागो मजदुर आन्दोलनका उपलब्धीका रुपमा विश्वभरी ८ घण्टा ड्युटीलाई एक दिन गणना गर्ने प्रचलन रहेको छ । गतबर्षको सरकारी तथ्याङ्क
अनुसार नेपालमा निजी एंव सरकारी क्षेत्रमा करिब १ करोड १८ लाख मजदुर कार्यरत छन् । त्यसै दिन र उपलब्धीको सम्झनामा नेपाली मजदुरहरुले पनि बिभिन्न कार्यक्रम गरी मे १ तारिखका दिन अन्तराष्ट्रिय मजदुर दिवस् मनाऊने गर्दछन् ।
स्वतन्त्र प्रजातान्त्रिक टे«ड यूनियन ( एडिकन ) ले आयोजना गरेको १२५ औ अन्तराष्ट्रिय मई दिवस् कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहले मई दिवस्का बारेमा मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा स्वतन्त्र प्रजातान्त्रिक टे«ड यूनियन ( एडिकन ) का केन्द्रिय सदस्य रामबाबु प्रसाद महत्तो , क्षेत्रिय सदस्य  अजय साह  मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रम स्वतन्त्र प्रजातान्त्रिक टे«ड यूनियन ( एडिकन ) का पर्सा जिल्ला अध्यक्ष राजकपुर चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा  डाबर नेपाल , संगम आयल , रिलायंश चिनी मिल कलैया , बिवेणी सिम्पेक्स छातापिप्रा लगायत उद्योगका मजदुरहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।


SHARE THIS

Author:

Facebook Comment