'' वंशलोचन '' र समा श्री अन्तर्वार्ता

तेल अभिव (इज़रायल) बैशाख १५, 
नारीदर्पण : नेपाली साहित्य आकाशलाई फराकिलो पार्न अहिले/यतिबेला स्वदेशमा मात्र होइन प्रवासमा चौतर्फी छरिएर रहेका नेपाली स्रस्टाहरु लागि पर्नु भएको छ । काठमाण्डौ बालाजुमा जन्मिएकी समा श्री सानै देखि साहित्यमा उनको झुकाब थियो ।

समाको बाल्यकाल राजधानीकै रमाइलो रंगमा व्य
तित भएको थियो । उनले सिद्धार्थ बनस्थली बाट २०४३ सालमा एस एल सी दिइ समयको महत्वलाई बुझेकी समाले तुरुन्त एक बोर्डिंग स्कुलमा आफुलाई ब्यस्त राखिन यसो भनौ पढाउँन थालिन । एस एल सी को नतिजा प्रकाशित भएपछी राम्रो अंक ल्याई नेपाल ल क्याम्पसमा भर्ना भइन र आइ एल त्यहीं बाट सकिन त्यसपछि उनको जिवानले अलिकति फरक मोड लियो, उनको विवाह भयो । त्यस पश्चात पढ्ने चाह्लाई त्यहि थाति राखी पारिवारिक जिम्मेवारी बहन गर्दै गर्दा परिस्थितिले उनलाई परदेश पुर्यायो ।
बैदेशिक रोजगारको सिलसिलामा यतिबेला समा भूमध्य सागरको सानो सुन्दर टापु इज़रायलमा बिगत ८ बर्ष देखि केयर गिभर (सुसारे) कार्यमा अभ्यस्त समाले तीन बर्ष तन मन लगाएर अत्यन्तै गहकिलो, ओझिलो, प्रेरणादायी प्रथम कविता संग्रह '' वंश्लोचन '' पाठक माझ पस्केकी छिन । छयालीस ओटा (४६) ओजिला कविताहरु संग्रिहित वंशलोचन कविता संग्रह अहिले धेरैको ध्यानाकर्षण गराएको छ । विशेष गरि नारीलाई फोकस गरि लेखिएको ''वंशलोचन'' कविता संग्रह मा नारीलाई निकै सशक्त रुपमा उभ्याएकफ छु, समा भन्छिन र अगाडी थप्छिन नारी भनेको धर्ति हो धरा हो
नारीमा त्यो शक्ति हुन्छ उसले सृष्टि पनि गर्छिन र संहार पनि . . . यसै सम्बन्धमा समा श्री सँग नारिदर्पण डटकम का लागि सुनिता राई ले गर्नु भएको छोटो कुराकानी प्रस्तुत छ . . . . .

❖  समा जी अलिकति आफ्नो बारेमा भनिदिनुहोस न ।
=> म काठमान्डू बालाजुमा जन्मिएकी हुँ , सिद्धार्थ बनस्थली (बालाजु) बाट एस.एल.सी दिए र यत्तिकै खालि बस्न म रुचाउन्न तसर्थ तुरुन्त एक बोर्डिंग स्कुल मा पढाउँन थाले , रमाइलो थियो त्यो समय । मेरो एस एल सी को नतिजा आएपछि चाहि नेपाल ल क्याम्पस मा भर्ना भए । आइ एल सके त्यस पछि मेरो विवाह भयो र पढाइलाइ निरन्तरता दिन समयले साथ् दिएन ।

❖  जिवनले व्याबहारिक मोड लिएपछि पनि पढाइलाइ निरन्तरता दिउँ भन्ने लागेन ?
=> जानेर नजानेर विवाह भयो र त्यसपछि पढाइलाई निरन्तरता दिने त्यो वातावरण भएन र पढाइ यत्तिकै भो ।

❖ समा जी तपाइले यो लेख्ने कार्य चाहि कहिले बाट सुरु गर्नु भयो ?
=> लेख्ने रहर त मलाइ स्कुल पड्दा देखि नै थियो तर लागि परेर लेखिन  । लेखे पनि कोरेर कता कता राख्थे
अब्यबस्थित हुन्थे । पछि गएर पत्रपत्रिका मा केहि रचनाहरु छापियो यत्तिकै नै रह्यो/भयो त्यतिखेर  ।

❖ भर्खरै तपाइको '' वंशलोचन '' लोकार्पण भयो यस पछि कस्तो महसुश गर्नु भयो ?
=> लेखमा अझ केहि बढी लेख्ने प्रोत्साहन मिले र उत्तरदायित्व , जिम्मेवारी बढेको महसुश गरेकी छु ।

❖ तपाइँ विदेश आएर यो पुस्तक लेख्न  सफल हुनु भयो नेपालमै भएको भए यसरि नै हामीले तपाइँको पुस्तक पढ्न पाउथ्यौं होला ?
=> निकै राम्रो प्रश्न , सायद म नेपाल मै भएको भए पारिवारिक उत्तर चढ़ाप जिम्मेवारी, उत्तरदायित्व निभाउँदा निभाउँदै म सँग भएको कला, प्रतिभा बिलियेर जान्थे होला गइ पनि रहेको थियो । परिस्थितिले स्वदेश भन्दा अलि पर ढेकाले पनि यस परिस्थितिलाई मैले प्रेरणा मा ढाले र प्रवासको बसाईंमा संघर्षका पानाहरु पल्टाउने क्रममा आफुले आफैं लाइ चिन्ने प्रयास गरे र म भित्र रागलाई तसर्थ म केहि बर्षका लागि प्रवासियेर दुखि छुइन , खुशी नै छु ।

❖ कसरि अथवा के ले प्रवास तिर पाइलाहरु लम्काउन बाध्य बनायो ?
=> देशको परिस्थिति र छोरा छोरी प्रतिको जिम्मेवारी, दायित्व , आर्थिक स्थितिको सुधार नै हो भन्नु पर्छ भन्दै अगाडी  थप्नु हुन्छ मलाइ मलाइ समय र परिस्थितिले अलिकति महत्वकांक्षी बनायो त्यो हो आर्थिक स्थिति सुधार र छोरा-छोरीलाई राम्रो शिक्षा/दिक्षा दिउ भन्ने नै हो ।

❖  किन/कसरि तपाइको रोजाइमा इज़रायल नै ?
=> मलाइ इज़रायलको बारेमा त्यति थाहा थिएन स्कुल पड्दा हिज्जे कार्यक्रममा सोधेको प्रश्न मलाइ अहिले पनि याद छ समय परिबर्तन हुने देश कुन हो भनि सोध्दा इज़रायल हो भनेको यति हो मलाइ थाहा भएको र मैले मेरो एक आफन्त बहिनी बाट केहि जानकारी पाएँ, उनि म भन्दा अगाडी इज़रायल आएकी थिइन र पछि म उसकै थ्रो बाट आएँ ।

❖  आफ्नो परिवार भेट्न कति कतिमा छुट्टी जानु हुन्छ ?
=> म आफन्त, परिवार भेट्न प्रत्येक दुई बर्षमा जान्छु ।

❖  आफ्नो कामको बाबजुत के कसरि समय मिलाएर लेख्नु हुन्छ कि छुट्टीमा लेख्नु हुन्छ ?
=> आए देखिको छुट्टी भन्ने मेरो कहिल्यै छैन । केहि समय त यत्तिकै नै बसें जब बिस्तारै साहित्यिक माहोल बढ्दै गयो बिशेष सामाजिक संजालमा अझ बढी देखियो त्यसले  म भित्रको साहित्यिक रागलाइ जगायो र लेख्न थाले । कामले गर्दा त्यस्ता साहित्यिक कार्यक्रम हरुमा खास उपस्थिति जनाउन  पाएकी छैन तर प्रेरणा भने पाइरहेकी छु ।

❖ सुरुसुरुमा इज़रायलमा मासिक पत्रीका प्रकाशित भएका थिए त्यस्तोमा आफ्ना रचनाहरु पठाउनु हुन्थियो वा अन्य कुनै अनलाइन वेवसाइड तिर दिने गर्नु हुन्छ ?
=> मैले त्यस्ता मासिक पत्रिका वा अनलाइन कतै पनि दिने गरेको छैन । धेरै अगाडी कान्तिपुरमा चाहि निकाल्ने गर्थे , यहाँ बाट चाही छैन ।

❖ कति समय लाग्यो यो  कविता संग्रह '' वंशलोचन''  निकाल्न ?
=> यसको लागि पुरै तीन बर्ष लाग्यो । यसको लागि मैले धेरै नै मेहनत गरेकी छु । आशा छ मेरा पाथाखारुले मन पराइ दिनुहुने छ ।

❖  तपाइले आफ्नो कृतिलाई  '' वंश्लोचन '' नामाकरण गर्नु भा छ , के हो यो  '' वंश्लोचन '' तपाइकै शब्दमा भनिदिनुहोस न ?
=> '' वंश्लोचन '' कविता संग्रह मा मैले एक सशक्त नारी पात्रलाई प्रस्तुत गरेकी छु । त्यो नारी जो आफु पल पल मरेर अरुलाई जिवान दिन्छ । त्यो नारी जो आफ्नो परिवार र सन्तानको लागि समर्पित हुन्छिन । नारी भनेको त्यो धर्ति हो , धरा हो , शक्ति सँग त्यस्तो शक्ति छ जसले सृष्टि पनि गर्छ र संहार पनि गर्छ ।

❖  साहित्यका कुन विधा तपाइलाइ  प्रिय लाग्छ ?
=> साहित्यका सबै विधा नै राम्रो लाग्छ तर त्यसमा बढी मन पर्ने र मैले लेख्ने भनेको विधा कविता नै हो ।

❖  '' वंश्लोचन '' प्रकाशन पछि कस्तो महसुश गर्नु हुँदैछ ?
=> मेरो प्रथम कृति '' वंश्लोचन '' राजधानीमा विमोचित भैरहँदा जब अग्रजहरु मेरो पुस्तक बारे बोल्नु भयो र   सुरु देखि  यहाँ सम्म आइपुग्दा मलाइ निकै खुशी र साहित्यिक आँगनमा अझैं केहि गर्नु , लेख्नु तथा अझ जिम्मेवारी, उत्तरदायित्व बढेको महसुश गरेकी छु र लेखिरहने छु ।

❖  उसो भए भविष्यमा हामी पाठकले तपाइँका अरु पुस्तक पढ्न पाउने छौं ?
=> त्यो चाहिं अहिले नै यसै भन्न सकिदीन तर लेख्ने कार्यलाई चाहिं निरन्तरता दिनेछु ।

❖ अब कतिन्जेल इज़रायललाइ कर्म भुमी बनाउने बिचारमा हुनुहुन्छ ?
=> छोटकरीमा भन्नु पर्दा बस्न पाइन्जेल  बस्छु ।

❖ एउटा छुटै प्रश्न, परिबर्तित समय सँगै अहिले नेपाली महिलाहरु कहाँ छन् समाज र साहित्यमा ?
=> पितृसतात्मक सोचले जरो गाडेको साशन मानसिकताले नारीहरुलाई जहाँ देखे पनि संसार मै नारीहरु अगाडी छन् । र, नारी आफैं स्वयम् अगाडी आएर सोच्नु पर्दछ कि म पछाडी छुइन । नारीहरु कहिँ पनि पछाडी छन् भन्ने  त मलाइ लाग्दै लाग्दैन यति हो कि उनीहरुले आफुलाई कसरि प्रस्तुत गर्ने, अगाडी आउने । आफु मात्रै होइन सम्पूर्ण नारीलाइ एक गरि कसरि अगाडी बढ्ने यो सोच्नु पर्दछ , म यसरि सोच्छु ।

❖  नेपाली नारीहरुलाई अझ स्वाबलम्बी बन्न के गर्नु पर्छ जस्तो लाग्छ ?
=> यसको लागि सबै भन्दा पहिले शिक्षाको ज्योति ती प्रत्येक नारीलाई दिनु पर्छ । भनाइ नै छ एउटा परिवारमा एक आमा शिक्षित छिन भने पुरै परिवार शिक्षित हुन्छन । तसर्थ आफ्नो खुट्टामा आफै उभिनलाई होस् वा पुरुष सँग हरेक क्शित्रमा काँध मा काँध मिलाएर संघर्षको मैदानमा जोतिन होस् शिक्षित हुनु अत्याबस्यक छ ।

❖ अन्त्यमा तपाइँ प्रिय अग्रज र पाठकलाई केहि भन्न चाहनु हुन्छ कि ?
=> मेरा सम्पूर्ण आदरणीय अग्रजहरु प्रति नमन गर्दछु उहाँ हरुको हौसला , प्रेरणा र प्रयासले म यहाँ छु । र, मेरा प्रिय पाथाखारुलाई के भन्न चाहन्छु भने _ तपाइहरुको आलोचना र प्रसंसा दुइबै म स्वीकार गर्दछु । एक पटक मेरो प्रथम कृति '' वंशलोचन '' पढी हुन आग्रह गर्दछु र साथै प्रतिक्रिया अपेक्षा पनि गर्दछु ।

❖  तपाइको पहिलो कृति कविता संग्रह '' वंशलोचन '' को लागि हार्दिक बधाई तथा शुभ-कामना नारिदर्पण डटकम परिवार बाट र आगामी दिनहरुमा पनि तपाइका साहित्यिक कलमले निरन्तरता पाइरहुन ।
=> यस अवसरको लागि नारिदर्पण परिवार प्रति हार्दिक आभारी छु धन्यवाद । 

SHARE THIS

Author:

Facebook Comment