धर्म परिवर्तन गर्न अर्बौ रकम भित्रिएको कमलथापाद्वारा खुलासा

काठमाडौं, वैशाख १६ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनका लागि अर्बौ रुपैयाँ मुलुक भित्रिएको भन्दै संसदमा छलफल चलाउन माग गर्नुभएको छ ।
मंगलबार व्यवस्थापिका संसदको विशेष समयमा अध्यक्ष थापाले सिङ्गो गाउँ र लाखौं नागरिकलाई धर्म परिवर्तन गराउन अर्बौ रुपैयाँ मुलुक भित्रिएको दावी गर्नुभयो  ।
योजनाबद्ध र संगठित रुपमा धर्म परिवर्तन गराइएको भन्दै थापाले अन्तरिम ब्यवस्था गरेर भएपनि धर्म परिवर्तन र गाईको हत्या रोक्न माग गर्नुभयो ।
त्यस्तै कांग्रेस सभासद् ईश्वरी न्यौपानले तराईका आगलागी पीडितलाई सरकारले राहत उपलब्ध नगराएको बताउनुभयो । उहाँले कैलालीको नदी कटान नियन्त्रण गर्न तथा जेष्ठ
नागरिकको धर्नामा संवेदनशील बन्न सरकारलाई आग्रह गर्नुभयो ।
एमाले सभासद् हरि उप्रेतीले उखु किसानले उचित मुल्य नपाएको कारण हजारौंको रोजगारी गुम्ने अवस्था आएको भन्दै सरकारले तत्काल मुल्य निर्धारण गरेर विक्री वितरण गर्ने ब्यवस्था मिलाउन माग गर्नुभयो ।
मधेशी जनाधिकार फोरम नोपलका विरेन्द्र महतोले सर्वोच्च अदालतमा पर्याप्त श्रोत साधन भएपनि किन रिक्त रहेका पदमा न्यायधिश नियुक्त नभएको भन्दै प्रश्न उठाउनुभयो ।

SHARE THIS

Author:

Facebook Comment