ज्ञानदा एकेडेमीको कक्षा प्रारम्भ


वीरगंज वैशाख । पर्साको रामगढवामा रहेको ज्ञानदा एकेडेमीले बैशाख १९ देखि कक्षा संचालन  भएकोछ । काठमाडौ उपत्यका वाहिरको पहिलो अत्याधुनिक सुविधा सम्पन्न भवनमा अनुभवी तथा तालिम प्राप्त शिक्षकहरुले प्रयोगात्मक विधिद्धारा अध्यापन गराईने विद्यालयका प्रिन्सिपल भि.के.सिहंले जानकारी दिनु भयो ।
अहिले विद्यालयले चालु शैक्षिक सत्रको लागि कक्षा ५ सम्म भर्ना लिइरहेकोछ । गुणस्तरीय शिक्षाका लागि नेपाली पैसा र नेपाली सिप वाहिरीने क्रम बढीरहेको अवस्थामा ज्ञानदा एकेडेमीले स्थानीय सुविधा सम्पन्न भौतिकपूर्वाधार र अन्तराष्टिय शिक्षा प्रणाली संचालन गरेपछि यस क्षेत्रका अभिभावको ज्ञानदा एकेडेमी प्रति आक्रर्षण बढेकोछ ।
ज्ञानदा एकेडेमीमा अध्यन गर्ने विद्यार्थीले ६० प्रतिशत पाठ्यपुस्तक र ४० प्रतिशत नयाा प्रविधिका साथ अतिरिक्त क्रियाकलापमा भागलिन पाउनेछन । ज्ञानदा एकेडेमीलाई यस क्षेत्रको उत्कृष्ट र नमुना विद्यालयको रुपमा लगिने विद्यालयका अध्यक्ष विजय कुमार सरावगीले वताउनु भयो ।


SHARE THIS

Author:

Facebook Comment