राष्ट्रिय पत्रकार संघ नेपाल गठन

वीरगंज, १९ बैशाख
राष्ट्रिय मधेस समाजबादी पार्टि निकट पत्रकार संगठन विरगंजमा पनि स्थापना गरिएको छ ।
वीरगंजमा आज सम्पन्न पार्टि निकट पत्रकारहरुको भेलाले विरेन्द्र साहको अध्यक्षतामा राष्ट्रिय पत्रकार संघ नेपाल गठन गरेका हुन् । भेलाले साहको अध्यक्षतामा ११ सदस्यिय राष्ट्रिय पत्रकार संघ नेपालको तदर्थ समिति चयन गरेको हो । संघको उपाध्यक्षमा मोहम्मद सद्धाव, सचिवमा निल बर्मा, सहसचिवमा जुगल किसोर सर्मा र कोषाध्यक्षमा रिकिं केसि चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा निरन्जन मिश्र, शर्मालाल बैठा, आविद हुसेन, गोपाल पोखरेल, नसुरुद्धिन मन्सुरि र गंगा प्याकुरेल रहनु भएको छ । यसै गरि ५ सदस्यिय सल्लाहाकार समिति समेत चयन गरिएको संघका सदस्य निरन्जन मिश्रले जानकारी दिनुभयो । संघको सल्लाहाकारमा विजय राइ, योगेन्द्र प्रसाद कुम्हाल, किरण सत्याल, विजय प्रकास विन र विनोद मानन्धर रहनु भएको छ । नवगठित कमिटिका पदाधिकारी तथा सल्लाहाकारहरुलाई राष्ट्रिय मधेस समाजबादी पार्टिका केन्द्रिय सदस्य एवं युवा नेता राजेशमान सिंहले अविर लगाएर बधाइ दिादै उत्कृष्ट काम गरेर देखाउन आग्रह गर्नु भयो ।


SHARE THIS

Author:

Facebook Comment