स्रष्टा सम्मान र कल्पनाका कल्पना, अन्तर्वार्ता


नेपाली साहित्य यसरि नै फराकिलो हुँदै जाने हो भने अब संसारले नेपाली साहित्यलाई खोज्नेछन् ...

बाग्लुंग जिल्लाको छिस्तीमा जन्मिनु भएकी कल्पना पौडेल जिज्ञासु बाल्यकाल देखिनै सबै भन्दा बेग्लै शोच र स्वभाव कि थिइन् । ब्रामण परिवारको एक सम्पन्न परिवारमा जन्मेकि जिज्ञासु आफ्नै गाउँ समाजमा हुने जातिवादी छुवाछुत धनि र गरिब बीचको भिन्नताले उनिमा एक विद्रोहि भावना पैदा गराएको  थियो ।

 ब्रामण र छेत्रीहरुको बाहुल्यता रहेको छिमेकमा उनि एक्लैले बाहुन र दलित बीच अनि सम्पन्न धनि साहु महाजले निम्न बर्गका बिपन्न बर्गका दुखि गरिब असायहरुलाई
गरेको श्रम शोषण, अन्याय , अत्याचार देखेर सारै दुखि हुन्थिन उनि । त्यो भेदभावमा समानता ल्याउनको लागि उनि आफै दलित सरह भएर उनीहरु संगै घुलमिल हुन् रुचाउथिन र हुन्थिन पनि । साहित्यमा रुची र गरिब दुखिलाई सहयोग गर्नुपर्छ गाउँ  समाजमा हुने अन्याय अत्याचारको बिरुद्धमा आवाज उठाउनु पर्छ भन्ने भावना बाल्यकाल देखिनै उब्जिएको उनीमा एक बामपन्थी विचार धाराको लक्ष्ण देखिन्थ्यो  । 

विभिन्न परिस्थितित र बाध्यताले देश, परिवार र आफन्त बाट कोशौं टाडा पुर्याए पनि उनको इच्छा प्रतिपादन र साधनलाई रोक्न सकेन । यसैले उनि भूमध्या सागरको बगरमाथि साहित्यिक फुल फ़ुलाउन सफल भएकी छिन । बिगत ७ बर्ष देखि इज़रायल मा कार्यरत जिज्ञासु सँग
नारीदर्पणका लागि सुनिता राई ले गर्नु भएको छोटो कुराकानी . . . . 
(यो अन्तर्वार्ता नारीदर्पण का लागि दोस्रो हो तसर्थ यस अन्तर्वार्तामा उहाँको पछिलो कृतिलाई बढी फोकस गरिएको छ) 

❖  कल्पना जी अहिले के मा ब्यस्त हुनुहुन्छ ?
=> अहिले म लेखन कार्यमा नै ब्यस्त छु 

❖  गत फागुन १७ गत्ते '' हाम्रो मझेरी साहित्य प्रतिष्ठान '' ले श्रष्टा सम्मानका एक कार्यक्रम मा तपाइको गत साल प्रकाशित ''भावनाका भेलहरु '' पहिलो गजल संग्रह लाइ पुरस्कृत / सम्मान गर्यो _ यो कस्तो खाल्को सम्मान थियो ? 
 => देश तथा बिदेशमा प्रकाशित बर्षभरिको रचनाहरुमा सबै भन्दा उत्कृष्ट रचनालाई यो पुरस्कार तथा सम्मान प्रदान गर्ने गर्छ प्रतिष्ठानले ।  महिला तथा पुरुष गजलकारहरुबाट प्रकासित भएका कृतिहरु जुन छनौटका लागि हाम्रो मझेरी साहित्य प्रतिष्ठानमा संकलन गरिएका हुन्छन तिनै गजल संग्रहहरु मध्ये बाट २ वटा गजल संग्रह पुरस्कृत गरिन्छ । महिला गजलकार लाई गजल श्री पुरस्कारले सम्मान गरिन्छ भने पुरुष गजलकारलाई गजल रत्न पुरस्कारले पुरस्कृत  गरिन्छ ।

❖ यो चाहि कसरि छानिन्छ नि ?
यस् बर्ष महिला गजलकारहरु बाट १८ वटा र पुरुष गजलकारहरु बाट १४ वटा गजल संग्रह छनौटमा परेका थिए भने ति सबै बाट जुन उत्कृष्ट छ त्यसैलाई  नै छानिएको हो र मैले '' हाम्रो मझेरी साहित्य प्रतिष्ठानका  सस्थापक अध्यक्ष पुष्प अधिकारी अन्जली जी संग सोधेकी पनि थिए ' भावनाका भेलहरुनै पुरस्कृत हुनुको कारण ? यसको जवाफ अन्जली जी ले यसरि दिनु भएको थियो ,,,,,,, ,,,,
यस गज़ल संग्रह भित्र देश प्रतिको माया प्रदेशको पिडा जीवनका भोगाइ जन्म भुमी प्रतिको स्नेह जीवन प्रतिको दृष्‍टिकोण आदी समेटिएका छन । प्रेम गजलको मुख्य पाटो मानिन्छ प्रेमलाई नेपाली गजलमा बिभिन्न तरिकाले प्रस्तुत गरेको पाईन्छ यो युवाहरुको मनको अभिब्यक्तीको माध्यम मात्र होइन आपसी प्रेम प्रस्तावको साधन वा प्रेमीप्रेमिकले एक अर्कोलाई फकाउने घुर्काउने र् धम्क्याउने माध्यमका रुपमा पनि प्रयोग गर्ने गरेका छन तर कल्पनाका गजलमा प्रेमको उच्छ्रिखल वा बिभत्स रुप कतै पनि पाइदैन शिस्ट शैलिमा मानबिय जीवनको एउटा आदर्श पक्षका रुपमा प्रेमलाई प्रस्तुत गर्नु र लोक प्रचलित मिथकहरुका साथै आकाश तारा जून् जस्ता प्राक्रितिक बिम्वहरुलाई कलात्मक रुपमा प्रतुत गर्दै शिङ्रारिक अभिब्यक्ती दिनुनै 'भावनाका भेलहरुको 'प्रसम्सिय पक्ष हो । यो छनौटलाई पारदर्सी बनाउनको लागि छनौट समितिमा गज़लकार गोविन्दराज विनोदी , केसव राज आमोदी ,धनराज गिरि , डा. घनश्याम नौपाने र पुष्प अधिकारी अन्जली रहनु भएको थियो 

❖ तपाइले पहिले पनि भन्नु भएको थियो , समाज सेवामा सानै देखि झुकाब थियो ,र तपाइले आफ्नै खर्चमा आर्थिक रुपमा अत्यन्तै बिपन्न भनौं सडकमा माग्न बसेका बालबालिकालाइ सफा सुघर रहन र पढ़ाउने कार्य पनि  गरे भन्नु भयो , तपाइको आयस्रोतको मुहान चाहिं के थियो ?
=> सडकमा माग्न बस्ने भन्दा पनि सडकमा फालिएका फोहोरका थुप्राहरु बाट कवाडी बटुलेर बेच्ने र त्यो पैसा लगेर आफ्नो अभिभाबक लाई दिनुपर्ने हुदा ति बच्चाहरु स्कुल जान पाउथेंनन मैले तिनै बालबालिकालाई उनैको बस्तिमा गएर आफ्नै खर्चमा पढ़ाउने गर्थे मेरो आम्दानीको कुनै श्रोत थिएन जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै जसरि मेरो घर चलेको थियो त्यसैमा मैले यसलाई पनि समेटेकी थिएँ बास्तवमा नढाटि भन्नु पर्छा मेरो ऋण लागेको थियो म बेरोजगार थिए आम्दानीको श्रोत थिएन त्यहि कारणले पनि म बिदेशिनु परेको हो ।

❖  जुन बच्चाहरुलाई पढाउनु भो , सहयोग गर्नु भो, कस्तो छ उनिहरुको स्थिति अहिले ? 
=> अहिले उनीहरुको स्थिति के कस्तो छ त्यो मलाई जानकारी छैन त्यतिबेलानै चितवनको एउटा संस्था दियालो परिबारलाई जिम्मा लगाइएको थियो ति बालबालिकाहरुलाई ।

❖  अलिकति प्रसङ्ग बदलौं ,  भर्खरै .... एक महिना अघि तपाइले एक संस्था स्थापना गर्नु भयो '' कल्पना फाउन्डेसन'' यो कस्तो संस्था हो र किन तपाइले आफ्नै नाम बाट संस्थाको नामाकरण गर्नु भयो ? '' कल्पना फाउन्डेसन ! 
 => हजुर हामीले एउटा संस्था  स्थापन गरेउँ 'कल्पना फाउन्डेसन ! यो अत्यन्तै सामाजिक गैर नाफा रहित  सामाजिक ससंस्था हो यसले बिपन्न बर्गका नेपालि गरिब दुख पाएका बालबालिकाहरुलाई सहयोग गर्नको लागि खोलिएको संस्था हो । जुन बेला मैले तिनी सडक बालबालिकालाई पढाउने गर्थे त्यो बेला मेरो एउटा सपना एउटा कल्पना थियो भोलिका दिनमा मेरो आर्थीक स्थितिमा सुधार भएको खण्डमा त्यस्तै गरिब बच्चालाई केहि गर्न सकुँ भन्ने चाहना थियो त्यहि अनुरुप हामीले संस्थाको नाम कल्पना फाउन्डेसन ! राखियो यो एउटा संयोग मात्र हो मेरो नाम सँग मिल्नु एउटा संयोग हो । 

❖  अहिले जताततै छ्याप छ्यापति एन जि ओ, आइ एन जी ओ संस्थाहरु खुलेका छन् त्यो देख्दा यस्तो लाग्छ संस्थाहरु सेवाका लागि होइन एक ब्यापार का लागि हुन् , तपाइको कल्पना फाउन्डेसन को यथार्थ कल्पना चाहि के हो ? अथवा कस्तो छ भावी योजना ? 
=> यो मेरो क्षेत्र भन्दा बाहिरको कुरा हो उहाहरुले के कसरि संचालन गर्नुभएको छ त्यो मलाई जानकारी छैन र म यो बिषयमा केहि भन्न पनि चाहन्न रह्यो हाम्रो संस्थाको यसको उदेष्य बिपन्न बर्गका बालबालिकालाई सहयोग पुर्याउने हो उदेश्य त्यहि हो जुन पहिला गर्दै आएकी थिए अहिले मात्र बाटो फरक हो पहिला व्यक्तिगत रुपमा सहयोग पुर्याउदै आएकी थिए भने अहिले सस्थागत रुपमा सहयोग पुर्याउनु नै यसको यथार्थ कल्पना हो यसको भाबि योजना अहिले पुरै तय भएका छैनन आफ्नो पसिनाको कमाई बाट जे जति सकिन्छ त्यसलाई निरन्तता दिनेछु ।

❖ अहिले सम्म यस सस्थाले के कस्तो काम गर्यो त ? 
=> यो संस्थाको स्थापन भएको भर्खर मात्र हो यहि फागुनमा स्थापन भए लगत्तै चितवनको गामबेंसी चेपांग संरक्षण केन्द्रलाई मेरो पहिलो गज़ल संग्रह भावनाका भेलहरु बिक्रि गरेर आएको रकम बाट रु दस हजार (१०००) रुपैयाँ  यसै सस्थाको नाम बाट सहयोग गरिएको थियो ।

❖ तपाइँ अर्को कृति  (जून हराएको रात) को तयारीमा पनि जुट्नु भा छ, यहाँको त्यो अर्को कृति कहिले सम्ममा पढ्न पाइन्छ ? 
 => मेरो दोस्रो गज़ल संग्रह '' जून हराएको रात '' प्रकासनको अन्तिम चरणमा पुगेको छ अब जति सक्दो छिटो मेरा प्रिय पाठक माझ ल्याउनेछु ।

❖  कस्तो गज़ल संग्रह हो त्यो ? 
 => यो एक संयुक्त गज़ल संग्रह हो यस भित्र प्रेम देश भक्ति नारी चेतना जातीय विभेद दुखि गरिब अनाथ बाल बच्चा , सन्तानले हेला गरेका बृद्ध, बृद्धा प्रति सदभाव अनि उनीहरुको लागि केहि गर्ने चाहना व्यक्त गरिएका भावनाहरु समाबेस गरिएका छन् ।

❖  आफ्नो नियमित काम को बाबजुत पनि यसरि सामाजिक कार्यमा प्रतिबद्ध हुनुहुन्छ र आफ्नो साहित्यिक लेखन लाइ पनि अगाडी बढाइरहनु भएको छ , यो मेन्टेन कसरि गर्नु हुन्छ ? 
 => सबै भन्दा ठुलो कुरा चाहना हो असम्भब भन्ने केहि छैन बास्तवमा भन्नु पर्दा मेरो काम असाध्यै गारो छ तर पनि फुर्सतको समय निकालेर साहित्य लेखनमा खर्चिने गरेकी छु यस बाट मलाइ आत्म सन्तुष्टि मिल्छ घर परिवार बाट टाढिएर यो प्रवासी मुलुकमा काटिरहेका उकुसमुकुस पलहरुलाई केहि खुसीमा परिणत  गर्नको लागि कलमलाई साथि रोजे मन भित्र उब्जिएका भावनालाई अभिव्यक गर्दै यीनै पसिनाका केहि बिम्बहरु सामाजिक कार्यमा लगाउन पाउदा एक्लोपनमा छटपटीएको मनलाई केहि राहत मिलेको महसुस गरेकी छु ।

❖ अन्त्यमा केहि भन्न भन्न चाहनु हुन्छ ? 
=> सर्ब प्रथम त म यो नारी दर्पण परिवार टिमलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु एक बर्षको अन्तरालमा पुन अन्तर्वार्ता दिने अवसर दिनु भएकोमा यहा प्रति निकै आभारीछु मेरा आत्मीय पाठक माझ फेरी नजिक हुने अवसर पाए म अहिले यो स्थानमा आएर यसरि आफ्ना मन भित्रका भावनाहरु लाई व्यक्त गर्न पाएँ । यसको पुरै श्रेय म मेरा आत्मीय मित्रहरुलाई नै दिन्छु उहाहरुको माया स्नेह सुभकामना र हौसलाले गर्दा अर्को गज़ल संग्रह निकाल्ने जमर्को गर्दैछु । यहाहरुको यस्तै माया सदभाब स्नेह र हौसला सधै भरि पाईरहने अपेक्षा राख्दै पुन धन्यवाद दिन चाहन्छु : धन्यवाद ।

SHARE THIS

Author:

Facebook Comment