नेतृत्व विकास तालिम समपन्न


पर्सा २० बैशाख
नेपाल यूवा विकास सहयोग मंचको संयोजकत्व र वीरगंज उप–महानगरपालिको आयोजनामा आज एक दिने सामाजिक क्षमता विकास अन्तर्गत नेतृत्व विकास तालिम समपन्न भएको छ ।
         कार्यक्रमका प्रमुख अतिथी सभासद विचारी यादवले महिलाहरु समाजिक कार्यमा सक्रियता बढाएको खण्डमा समाज अफै अगाडि बढने बताउनु भएको छ । सभासद यादवले महिला सम्बन्धी कुनैपनि घटना अरु व्यक्ति मार्फत भन्न लागउनु भन्दा महिलाहरु आफै अगाडि आए महिलाको क्षमता वि
कास समेत हुने र समाजको विकास समेत हुने बताउनु भएको छ । त्यसैगरी कार्यक्रममा वीरगंज उप–महानगरपालिका का कार्यकारी अधिकृत तारा बहादुर कार्किले भने समाजलाई अगाडि बढाउन समाजिक क्षमता विकास लगायतको कार्यक्रम लक्षित वर्गहरुमा गराउने चाहना हुदाँ–हुदै पनि बजेटमा कटैति भएका कारण यस्ता         कार्यक्रमहरु संञ्चालनमा तिब्रता दिन नसकेको बताउनु भएको हो ।
                      कार्यक्रममा क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि बासुदेव कर्णले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नगरपालिका र राधेमाई टोल गरि ४७ जना महिला पुरुषको सहभागिता रहेको संस्थाका सह–सचिव अनसारुल मियाले बताए । कार्यक्रममा वीरगंज उप–महानगरपालिका का शान्त कार्कि, एमालेका सुदिप लामा हिरा गिरी लगायतको उपस्तथी रहेको थियो भने कार्यक्रम नरेश पटेलको सभापतित्वमा समपन्न भएको थियो ।

SHARE THIS

Author:

Facebook Comment