एक महिने मगर भाषा प्रशिक्षण शुरु


अशोकसुजन श्रेष्ठ
बैशाख २० गते
मकवानपुरको भिमफेदीमा मगर भाषा साक्षरता सम्बन्धि एक महिने प्रशिक्षण उद्घाटन गरिएको छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरले उद्घाटन गर्नुभएको हो । जिल्ला बिकास समिति मकवानपुरको आर्थिक सहयोगमा नेपाल मगर संघ मकवानपुरले कार्यक्रम आयोजना गरेको हो । मगर मापा(
गुरुआमा) पबित्रा राना मगरले प्रशिक्षण दिनु हुने प्रशिक्षणमा स्थानिय मगरको सहभागिता रहने आयोजकले जनाएको छ । नेपाल मगर संघका केन्द्रिय सदस्य बिश्व आले मगरको बिशेष आतिथ्य रहेको कार्यक्रम भिमफेदी ईकाइ अध्यक्ष रमेश राना मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा भिमफेदी गाबिसका सचिब दीपक मिश्र, नेपाल मगर संघ मकवानपुरका अध्यक्ष दुधराज थापा मगर, उपाध्यक्ष शंकर थापा मगर, सदस्य उपेन्द्र थापा मगर, नेपाल मगर बिद्यार्थी संघका पूर्व संगठन सचिव दिनेश राना मगरलगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

SHARE THIS

Author:

Facebook Comment