क्राइमचेक प्रतिनिधि/
वीरगंज/प्रहरीले ज्यादति गरेको भन्दै बुधबार वीरगंजका उद्योगि व्यवसायीहरुले विरोध र्यालि निकालेका छन् ।
घण्टाघरबाट निस्केको र्यालीले नगर परिक्रमा गरेको थियो । सुनचाँदि व्यसायी संघ पर्साको नेतृत्वमा निस्केको र्यालिमा वीरगंज उद्योग वाणिज्य संघ, किराना तथा खुद्रा व्यवसायी संघ, साना व्यवसायी संघ, फलफूल, प्लास्टिक, हार्डवेयर, माछामासु व्यवसायी संघ, मदिरा व्यवसायी संघ लगायतका व्यवासायिक संघ–सस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
र्यालि पछि घण्टाघरमा आयोजित कोणसभालाई वीरगंज उद्योग
वाणीज्य संघका उपाध्यक्ष ओम प्रकाश शर्मा, सुनचाँदी व्यवसायी संघका कार्यवाहक अध्यक्ष भुलन सर्राफ, किराना तथा खुद्रा व्यवसायी संघका अध्यक्ष शंकर कुशवाहा लगायतकाले विगत केहि समय देखि प्रहरी प्रशासनले व्यवसायीहरुलाई आतंकित बनाउन खोजेको आरोप लगाएका थिए ।
सुनचाँदी पसल चौथो दिन पनि बन्द
उता प्रहरीले वैध चाँदीलाई अवैध भनि पक्राउ गरी व्यापारीसँग १० लाख रुपैयाँ घुस मागेको विरोधमा सुनचाँदी व्यवसायीहरूले बुधवार चौथो दिन पनि पसल बन्द गरी विरोधको कार्यक्रमलाई निरन्तरता दिएका छन् । सुनचाँदी पसलेहरूको विरोधका कारण उपभोक्ताहरू विवाहको सिजनमा गर गहना किन्न नपाएर मारमा परेका छन् ।
यसैवीच एक साता अघि ६० किलो चाँदी सहित पक्राउ परेका रामगढवा निवासी विनोद सर्राफ र सत्रुध्न सोनार ४३ लाख ३८ हजार ५ सय रुपैयाँ धरौटी राखेर तारेखमा रिहा भएको राजश्व अनुसन्धान विभाग मध्यमान्चल क्षेत्रिय इकाइ कार्यालय पथलैयाका प्रमुख सन्तोष श्रेष्ठले बताउनुभयो । घटनाको थप अनुसन्धान जारी रहेको र प्रमाण पुगेमा निजहरुको सामान र धरौटी फिर्ता हुने तथा प्रमाण नपुगेमा धरौटी सहित चाँदि समेत जफत हुने श्रेष्ठले बताउनुभयो ।
वीरगंज/प्रहरीले ज्यादति गरेको भन्दै बुधबार वीरगंजका उद्योगि व्यवसायीहरुले विरोध र्यालि निकालेका छन् ।घण्टाघरबाट निस्केको र्यालीले नगर परिक्रमा गरेको थियो । सुनचाँदि व्यसायी संघ पर्साको नेतृत्वमा निस्केको र्यालिमा वीरगंज उद्योग वाणिज्य संघ, किराना तथा खुद्रा व्यवसायी संघ, साना व्यवसायी संघ, फलफूल, प्लास्टिक, हार्डवेयर, माछामासु व्यवसायी संघ, मदिरा व्यवसायी संघ लगायतका व्यवासायिक संघ–सस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
र्यालि पछि घण्टाघरमा आयोजित कोणसभालाई वीरगंज उद्योग
वाणीज्य संघका उपाध्यक्ष ओम प्रकाश शर्मा, सुनचाँदी व्यवसायी संघका कार्यवाहक अध्यक्ष भुलन सर्राफ, किराना तथा खुद्रा व्यवसायी संघका अध्यक्ष शंकर कुशवाहा लगायतकाले विगत केहि समय देखि प्रहरी प्रशासनले व्यवसायीहरुलाई आतंकित बनाउन खोजेको आरोप लगाएका थिए ।
सुनचाँदी पसल चौथो दिन पनि बन्द
उता प्रहरीले वैध चाँदीलाई अवैध भनि पक्राउ गरी व्यापारीसँग १० लाख रुपैयाँ घुस मागेको विरोधमा सुनचाँदी व्यवसायीहरूले बुधवार चौथो दिन पनि पसल बन्द गरी विरोधको कार्यक्रमलाई निरन्तरता दिएका छन् । सुनचाँदी पसलेहरूको विरोधका कारण उपभोक्ताहरू विवाहको सिजनमा गर गहना किन्न नपाएर मारमा परेका छन् ।
यसैवीच एक साता अघि ६० किलो चाँदी सहित पक्राउ परेका रामगढवा निवासी विनोद सर्राफ र सत्रुध्न सोनार ४३ लाख ३८ हजार ५ सय रुपैयाँ धरौटी राखेर तारेखमा रिहा भएको राजश्व अनुसन्धान विभाग मध्यमान्चल क्षेत्रिय इकाइ कार्यालय पथलैयाका प्रमुख सन्तोष श्रेष्ठले बताउनुभयो । घटनाको थप अनुसन्धान जारी रहेको र प्रमाण पुगेमा निजहरुको सामान र धरौटी फिर्ता हुने तथा प्रमाण नपुगेमा धरौटी सहित चाँदि समेत जफत हुने श्रेष्ठले बताउनुभयो ।
Nepalese Rupee Exchange Rate