मुलुकमा स्थायी शान्ति र नेपाली जनताको समृद्धिकालागि पूजा गरेको हुँ:पूर्वराजा

क्राइमचेक प्रतिनिधि/
बारा/पूर्व राजा ज्ञानेन्द्र विक्रम शाहले मुलुकमा स्थायी शान्ति र नेपाली जनताको समृद्धिका लागि आफुले विभिन्न मठ मन्दिरमा पुगेर पूजा अर्चना गर्ने गरेको बताउनुभएको छ ।
बुधवार बाराको सिसहनियास्थित सुरेश्वरनाथ महादेव मन्दिरमा पूजापाठ गर्न पुग्नु भएका पूर्व राजा शाहले संचारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा “लोकतन्त्रको संस्थागत विकास, मुलुक र मुलुकबासीको सु:ख, शान्ति, अमन चयनका लागि आफु अहिले पुजापाठमा लागि परेको” बताउनुभयो ।
पूर्वराजा शाह सिमराबाट आफैंले गाडी चला
एर मन्दिरमा पुजापाठ गर्नका लागि जानुभएको थियो । पूर्व राजासँगै पूजामा उनका निजी सचिव सागर तिमल्सिना, संवाद सचिव डा. फनी पाठक, एडीसी. उद्धव रावल, संञ्चार सहयोगी अस्मिता भण्डारी र तराईका २५ जिल्लामा राजाको भ्रमण एवं पूजा अर्चनाको व्यवस्थापक तथा कार्यक्रमको संयोजक किशोरी महतो, संयुक्त स्वागत मुल समारोह समितिका संयोजक अयोध्या प्रसाद साह लगायतको सहभागिता रहेको थियो भने मन्दिर अगाडी उनको दर्शन गर्न हजारौंको संख्यामा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
पूर्व राजा शाह मन्दिर पुगेलगत्तै त्यहाँ उपस्थित जन समुदायले ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, लगायतका गगनभेदी नाराहरू लगाएका थिए । पूर्वराजा शाहले हात उठाएर त्यहाँ उपस्थित जनसमुदायको अभिवादन गरेका थिए ।
पूर्व राजाको सवारीमा बढ्दो भीडलाई मध्यनजर गर्दै शान्ति सुरक्षाकोलागि व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचाल गरिएको थियो । प्रकाशित मितीः२०७१ वैसाख ११ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment