लोकतन्त्रदिवसमा विविध कार्यक्रम

काग्रेस नगरसमितीद्वारा बालबालीकालाई फलफुल बितरण 
बीरगंज ११ बैशाख ।
नेपाली कांग्रेस विरगंज नगर समितिले लोकतन्त्र दिवसको अवसरमा आज जिल्ला बाल कल्याण समितिमा रहेका बालबालिाकालाई स्टेशनरी तथा फलफुल वितरण गरेको छ ।
 नेपाली कांग्रेस महासमिति सदस्य धु्रव नेपालको प्रमुख आतिथ्यमा बालबालिकालाई स्टेशनरी तथा फलफूल वितरण गरिएको हो । नगर सभापति महमद साहबुदिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्याम पोखरेल, लक्ष्मीनाथ नेपाल, दिना गुप्ता, दिलिप कार्कीलगायतले
मन्तव्य राख्नु भएको थियो ।
रक्तदान
लोकतन्त्र दिवसको अवसरमा आज सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया र नागरिक वडा मञ्चको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी सेवाका अध्यक्ष मनोज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा १०३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा नुरुल होदा, भुपेश जोशी, सागर मैनाली, रजनिश खड्का, दिपक शर्मा, नकुल विष्ट, सुशिल पोखरेल, विनु चौधरी, रितिका क्षेत्री, सपना सुवेदी, डिल्ली राम भट्टराई, अनिल यादव, रोशन झा लगायतका व्यक्तिहरुले रक्तदान गरेका थिए । ब्लड डोनर्स एसोसिएशनको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । डिएसपि श्यामकुमार महतो, नागरिक वडा मञ्च वडा नम्बर २ का अध्यक्ष मन्सुर अहमद, प्रहरी उपरिक्षक धिरजप्रताप सिंहलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजिकरण सरोज खड्काले गर्नु भएको थियो ।


SHARE THIS

Author:

Facebook Comment