कलैया/बाराको सिमरामा रहेको सुर्या नेपाल प्रालिका कर्मचारीको लापरवाहीका कारण सुर्ति खेती गर्ने कृषकहरु पीडित भएका छन् । सुर्या नेपाल प्रालिका कर्मचारीहरुले कृषकहरुले बिक्रीका लागि उद्योगमा लगेको सुर्ती गुणस्तरी नभएको भन्दै अनावश्यक बहाना गरेपछि किसानहरु पिडित बनेका हुन । पर्साको निर्मलवस्ती गाविसको विजयस्तीका किसानहरुले सुर्या नेपाल प्रालिको सुर्ती खरिद केन्द्रमा लगेको सुर्ती उद्योगका कर्मचारीहरुले आवश्यकता अनुसारको तापक्रममा नभएको भन्दै दु:ख दिएपछि सुर्ति कृषकहरु पीडित भएका हुन् । समान्यतया खरिद गर्ने समयमा सुर्तिको तापक्रम १६ देखि २० डिग्री सेल्सियस हुनपर्नेमा आवश्यकता अनुसारको नभएको भन्दै सुर्तिलाई सुकाउन लगाएको र सुकेपछि सुर्तिको तापक्रम साधारण अवस्थामा ल्याइ तौल गर्दा
सुर्या नेपालको तापमापन यन्त्रले सही मापन गरेको भएपनि सुर्या नेपालका कर्मचारीले हातले परिक्षण गरेर तापक्रम ठीक नभएको भन्दै कृषकहरुलाई दु:ख दिन खोजेको निर्मलवस्तीका सुर्ति कृषक अर्जुन श्रेष्ठले गुनासो गर्नुभयो । निर्मलवस्तीका किसानले उत्पादन गरेको सात ट्याक्टर सुर्ति उद्योगको खरिद केन्द्रमा लगिएकोमा सुर्या नेपालका कर्मचारीको लापरवाहीका कारण कृषकको सुर्ति खरिद केन्द्रमा अलपत्र परेको निर्मलवस्तीका सुर्ति उत्पादक कृषकहरुले बताएका छन । पर्साको निर्मलवस्ती गाविसको विजयवस्तीमा सुर्ति खेती गर्ने कृषकलाई सुर्या नेपालले विऊ विजन उपलब्ध गराउनुका साथै उत्पादित सुर्ती खरिद पनि गरिदिने भएकाले निर्मलवस्तीका किसानहरु सुर्तिखेती मै निर्भर रहेका छन् । निर्मलवस्ती गाविसका किसानले प्रतिघर १० का सम्म सुर्ति खेती गर्ने गरेका छन् ।