–सन्तोषकुमार मिश्र
विश्वमा जन्मिएका कुनै पनि नर–नारी एक राष्ट्रका एक नागरिक नभएर दुइ वा सोभन्दा बढी राष्ट्रको नागरिक बन्न पुग्दछ भने यो नागरिक अपराध हो । चाहे भारतीय नागरिकहरुले भारतीय नागरिकता त्याग नगरी नेपाली नागरिकता लिएका हुन वा नेपाली नागरिकले नेपाली नागरिकता, नेपाली राष्ट्रियता, नत्यागी अमेरिका वा अस्ट्ेरलियाको नागरिकता ग्रीनकार्ड, पिआरको सुविधा लिएको किन नहोस यी दुवै अपराध हुन छानविन हुनु पर्दछ । द्वैध नागरिकताको क्रम बढ्दै गयो भने राष्ट्रियतामा अपराधीकरण हुँदै जानेछ । राष्ट्रियता, नागरिकता प्रत्येक मानिसको विशिष्ठ पहिचान हो । एउटा मानिसको खल्तिमा जब दुई, तीनवटा राष्ट्रको नागरिकता राहदानी हुन्छ भने त्यो द्वैध नागरिकलाई कुनै पनि राष्ट्रले स्वीकार गर्नु हुँदैन । नेपालमा पचासौं लाख भारतीयले नेपाली नागरिकता लिएका छन, भारतीय नागरिकता त्यागेका छैनन् । हुनत नागरिकताको पनि किसिम छ । वंशज, जन्मसिद्ध र अंगकृत । अमेरिकाको ग्रीन कार्ड पाउने नेपालीले चुनावमा भाग लिन पाउँदैन । तर नेपाली नागरिकता लिएका भारतको मोटरलिण्टमा समेत नाम भएका भारतीय नागरिक समेत नेपालको सांसद बन्न पुगेका छन् । द्वैध नागरिकताले राष्ट्रियतामाथि गम्भीर खतरा ल्याउने कुरामा
दुइमत छैन । राष्ट्रियतालाई सवल र सफल पार्ने हो भने द्वैध नगरिकताको अन्त्य गर्न कठोर निर्णय र कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध हुनै पर्दछ । झुक्याइ नेपाली नागरिकता लिने भारतीय नागरिकहरुको छानविन गरी उनीहरुले लिएको नागरिकता सरकारले जफ्त गरी उनीहरुलाई देश निकाला गर्नु पर्दछ । द्वैध नागरिकहरु माथि कारबाही गर्न सरकारले नसक्ने हो भने नेपाललाई शरणार्थीस्थल, विश्वका नागरिकहरुका लागि धर्मशाला घोषित गरि दिए पनि हुन्छ । जस्ले जहाँ गएर नागरिकता लिए पनि हुने आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र राष्ट्रियता भूले पनि उसको हातमा नेपाली नागरिकता रहिरहने र नेपालमा रहेको उसको पूर्वजहरुको सम्पत्ति, पुर्खौली सम्पत्ति बेच बिखन गरी रकम विदेश लैजाने छुट हुने हो भने अवसरवादी, द्वैध चरित्रका मानिस र द्वैध नागरिकहरुले माछा आए दुलाभित्र हात, भ्यागुतो आए दुला बाहिर हातको प्रवृत्ति प्रस्तुत गरी नै रहने छन । नेपालको राजनीति दिशाहीन छ, नेपालको स्वाधीनता रक्षाको विषय पेचिलो बन्दै गइरहेको छ । रोजगारीका लागि बढ्दो विदेशिने प्रवृत्तिले देश भक्तिमा बाक्लो धब्बा लागिसकेको छ । सुविधा र आफ्नो तुच्छ व्यक्तिगत स्वार्थका लागि आफू जन्मिएको भूमि, आफ्नो इष्टमित्र, घर परिवारबाट टाढा रहने व्यक्तिहरुबाट नेपालको राष्ट्रियताको रक्षा कदाप हुन सक्दैन । विदेशमा बसेर देशभक्ति को गोहीका आँशु बगाएर सम्बन्धी कानून स्पष्ट र कठोर हुनु पर्दछ ।
वर्तमान सामान्य प्रशासन मंत्री लालबाबु पण्डितले नितान्त राष्ट्रिय स्वार्थ राखेर पीआर लिने कर्मचारीलाई दण्ड दिने जुन घोषणा गरी आवश्यक प्रक्रिया अघि सार्नु भयो यो अत्यन्तै प्रशंसनीय छ, देश, काल परिस्थिति अनुकूल छ । राष्ट्रियताको संरक्षण गर्न अति आवश्यक छ । मंत्रीले यस अभियानलाई निरन्तरता दिएर ग्रीन कार्ड र पीआर लिने सरकारी कर्मचारीहरुलाई कारबाही गरे भने धन्यवादका पात्र हुनेछन् । ऐतिहासिक कार्य ठहरिने छ । अमेरिकाको डिइभी पर्नेहरुमाथि पनि द्वैध नागरिक अन्तर्गत कारवाही गर्नु पर्दछ । ग्रीन कार्ड होल्डरहरुले भन्ने गर्दछन् हामी अमेरिका बसेपनि हाम्रो मन त नेपाली नै हो भन्ने गरेका छन तर नेपाल निर्माण गर्न उनीहरुले के योगदान दिए, नेपाल नेपाली प्रति के कर्तव्य निर्वाह गरे यसतर्फ ध्यान दिन जरुरी छ । ग्रीन कार्ड, पीआर लिएका कर्मचारीहरुको बढुवा, सरुवा, पदस्थापन, महत्वपूर्ण जिम्मेवारी, पेन्सन सबै रोकिनु पर्दछ ।