वीरगंज, १३ बैशाख
पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभामा प्रमुख राजनीतिक दलका शीर्ष नेताको निर्णय मात्र लागु हुने पद्धतीप्रति असन्तुष्टी जनाउनुभएको छ । पृथ्वीनारायण शाह प्रतिष्ठानले चितवनको नारायणगढमा गरेको अभिनन्दन कार्यक्रममा शाहले घुमाउरो पाराले असन्तुष्टी जनाउनुभएको हो । पूर्व राजा शाहले जनताद्वारा निर्वाचित प्रतिनिधिमार्फत संविधान निर्माणका क्र
ममा केहीको मात्र हैकम हुन नहुने भन्दै उहाँले संविधानसभाले सबैका विचार मान्यता र आस्था समेट्नुपर्नेमा कसैप्रति विभेद र खेदको दृष्टी राख्न खोज्नु विडम्वना भएको बताउनुभयो । उहाँले राज्य पूर्नसंरचना गर्दा राष्ट्रिय एकतालाई ध्यान दिनुपर्ने बताउनुभयो । शाहले आफूसँगको भेटमा जनताहरुले राजनीतिक दलहरुको गतिविधिप्रति असन्तुष्टि जनाएको बताउनुभयो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभामा प्रमुख राजनीतिक दलका शीर्ष नेताको निर्णय मात्र लागु हुने पद्धतीप्रति असन्तुष्टी जनाउनुभएको छ । पृथ्वीनारायण शाह प्रतिष्ठानले चितवनको नारायणगढमा गरेको अभिनन्दन कार्यक्रममा शाहले घुमाउरो पाराले असन्तुष्टी जनाउनुभएको हो । पूर्व राजा शाहले जनताद्वारा निर्वाचित प्रतिनिधिमार्फत संविधान निर्माणका क्रममा केहीको मात्र हैकम हुन नहुने भन्दै उहाँले संविधानसभाले सबैका विचार मान्यता र आस्था समेट्नुपर्नेमा कसैप्रति विभेद र खेदको दृष्टी राख्न खोज्नु विडम्वना भएको बताउनुभयो । उहाँले राज्य पूर्नसंरचना गर्दा राष्ट्रिय एकतालाई ध्यान दिनुपर्ने बताउनुभयो । शाहले आफूसँगको भेटमा जनताहरुले राजनीतिक दलहरुको गतिविधिप्रति असन्तुष्टि जनाएको बताउनुभयो ।
Nepalese Rupee Exchange Rate