वीरगंज, १३ बैशाख
पर्सामा साक्षरता शिक्षा अभियान प्रभावकारी रुपमा सन्चालन गर्न गैरसरकारी संघसस्थालाइ जिम्मेवारी दिएको भए पनि अभियान सार्थक नदेखिए पछि जिल्ला शिक्षा कार्यालय पर्साले अनुगमनलाई तिव्रता दिने भएको छ । जिल्ला शिक्षा कार्यालय पर्साले आज आयोजना गरेको साक्षरता शिक्षा सम्बन्धि समिक्षा गोष्ठिमा बोल्दै शिक्षा अधिकारी हरि वस्तिले वीरगंज उपमहानगरपालिकाको ५ वटा वडा र जिल्लाको १८ गाविसमा सन्चालित साक्षरता अभियान सोचे अनुरुपको प्रभावकारीता नदेखिएको बताउनुभयो । कार्यक्रममा जिल्लाभर साक्षरता अभियान सन्चालनको जिम्मेवारी लिएका २४ वटै गैरसरकारी सस्थालाई बोलाइएको भए पनि ८ वटा सस्थाहरु कार्यक्रममा उपस्थित नहुनुले ति सस्थाहरु अभियान प्रति गैरजिम्मेवार बनेको देखिएको भन्दै अब छिट्टै अभियानको स्थलगत रुपमै अनुगमन गरिने वस्तिले बताउनुभयो । साक्षरता शिक्षा अभियानका क्रममा जिल्लाको भिखमपुरमा पठाइएको पाठ्यपुस्तक स्थानिय बोर्डिङ स्कुलमै थुपारेर अझै सम्म वितरण नगरेको तथा विरन्चिवर्वाका लागि गएको
पाठ्युस्तक पनि अझै सम्म नबाडिएको गुनासो आएकाले त्यस्ता समस्या समाधानका लागि सम्बन्धित संघसस्थालाई नै अब कारवाहि गर्ने तयारी गरिएको वस्तिले बताउनुभयो । अभियानो पहिलो चरण अन्तर्गत पर्सा को २६ निरक्षरलाई साक्षर बनाउन लागिएको भए पनि जिम्मेवारी लिएका गैरसरकारी संघसस्थाले उत्साहजनक रुपमा काम गर्न नसकेको भन्दै अभियान कुनै पनि हालतमा सफल नपारे गैरसरकारी सस्थालाइ दिने रकम रोक्ने र दिएको रकम समेत फिर्ता गराउने चेतावनि दिनु भयो । पर्सा जिल्लालाई विशेष गरि अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रिय कार्यालय हेटौाडा र मन्त्रालय तथा विभागले समेत निगरानिमा राखेको हुादा जिल्लाको शाक्षरता जसरी भए पनि बृद्धि गर्नै पर्ने अवस्था रहेको बताउनुभयो । साक्षरता अभियान कक्षा पहिलेको तुलनामा सन्चालन भएको पाइए पनि आशातित रुपमा नभएकाले त्यसका लागि कार्यालयले कक्षा सन्चालन हुने स्थान तथा समयको माग गरेको र जुन सुकै बेलामा छड्के गएर अनुगमन गर्ने तयारीमा जुटेको बताउनुभयो । गोष्ठिमा साक्षरता अभियान सन्चालन गर्ने जिम्मेवारी बोकेका संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
पर्सामा साक्षरता शिक्षा अभियान प्रभावकारी रुपमा सन्चालन गर्न गैरसरकारी संघसस्थालाइ जिम्मेवारी दिएको भए पनि अभियान सार्थक नदेखिए पछि जिल्ला शिक्षा कार्यालय पर्साले अनुगमनलाई तिव्रता दिने भएको छ । जिल्ला शिक्षा कार्यालय पर्साले आज आयोजना गरेको साक्षरता शिक्षा सम्बन्धि समिक्षा गोष्ठिमा बोल्दै शिक्षा अधिकारी हरि वस्तिले वीरगंज उपमहानगरपालिकाको ५ वटा वडा र जिल्लाको १८ गाविसमा सन्चालित साक्षरता अभियान सोचे अनुरुपको प्रभावकारीता नदेखिएको बताउनुभयो । कार्यक्रममा जिल्लाभर साक्षरता अभियान सन्चालनको जिम्मेवारी लिएका २४ वटै गैरसरकारी सस्थालाई बोलाइएको भए पनि ८ वटा सस्थाहरु कार्यक्रममा उपस्थित नहुनुले ति सस्थाहरु अभियान प्रति गैरजिम्मेवार बनेको देखिएको भन्दै अब छिट्टै अभियानको स्थलगत रुपमै अनुगमन गरिने वस्तिले बताउनुभयो । साक्षरता शिक्षा अभियानका क्रममा जिल्लाको भिखमपुरमा पठाइएको पाठ्यपुस्तक स्थानिय बोर्डिङ स्कुलमै थुपारेर अझै सम्म वितरण नगरेको तथा विरन्चिवर्वाका लागि गएकोपाठ्युस्तक पनि अझै सम्म नबाडिएको गुनासो आएकाले त्यस्ता समस्या समाधानका लागि सम्बन्धित संघसस्थालाई नै अब कारवाहि गर्ने तयारी गरिएको वस्तिले बताउनुभयो । अभियानो पहिलो चरण अन्तर्गत पर्सा को २६ निरक्षरलाई साक्षर बनाउन लागिएको भए पनि जिम्मेवारी लिएका गैरसरकारी संघसस्थाले उत्साहजनक रुपमा काम गर्न नसकेको भन्दै अभियान कुनै पनि हालतमा सफल नपारे गैरसरकारी सस्थालाइ दिने रकम रोक्ने र दिएको रकम समेत फिर्ता गराउने चेतावनि दिनु भयो । पर्सा जिल्लालाई विशेष गरि अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रिय कार्यालय हेटौाडा र मन्त्रालय तथा विभागले समेत निगरानिमा राखेको हुादा जिल्लाको शाक्षरता जसरी भए पनि बृद्धि गर्नै पर्ने अवस्था रहेको बताउनुभयो । साक्षरता अभियान कक्षा पहिलेको तुलनामा सन्चालन भएको पाइए पनि आशातित रुपमा नभएकाले त्यसका लागि कार्यालयले कक्षा सन्चालन हुने स्थान तथा समयको माग गरेको र जुन सुकै बेलामा छड्के गएर अनुगमन गर्ने तयारीमा जुटेको बताउनुभयो । गोष्ठिमा साक्षरता अभियान सन्चालन गर्ने जिम्मेवारी बोकेका संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Nepalese Rupee Exchange Rate