पोखराका युवायुवती लागुऔषधसहित पक्राउ

जितपुर (बारा)
प्रतिबन्धित लागु औषधीको तस्करीमा संलग्न तथा प्रयोग कर्ता पोखराका दुइ जना दुब्र्यसनी युवा युवतीलाइ बाराको जीतपुरबाट प्रहरीले पक्राउ गरेको छ ।
     इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायव निरिक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा रहेको प्रहरी टोलीले उनीहरुलाइ लागु औषधको नशामा लठ्ठिएर हिडदै गरेको अवस्थामा लागु औषध सहितं नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कास्की जिल्ला लुम्ले गाबिस वडा नं.२ बस्ने वर्ष २२ की सम्झाना गुरुङ्ग र सोहि जिल्लाको वडा नं.६ ठाडो पसल बस्ने बर्ष २३ का सुनिल थापा रहेका छन् । प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध नुर्फिन इजेक्शन ४५ पीस , फेनार्गन ४७ पीस , डाइजोपाम ४७ पीस र तीन पीस सिरिन्च पनि बरामद गरेको हो । पक्राउ परेकी युवती सम्झनाले सो लागु औषध आफ्नैं प्रयोगको लागि सिमावर्ती भारतीय सहर रक्सौलबाट खरिद गरेर तस्करी गरी ल्याएको प्रहरी समक्ष बयान दिएकी छिन् । उनीहरुलाइ थप आवश्यक कानुनी कारावाहि प्रक्रिया अगाडि बढाउनका लागि इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायव निरिक्षक अरुणकुमार कुशवाहाले बताउनु भयो ।

SHARE THIS

Author:

Facebook Comment