पोखरा ।
प्रजातन्त्रका महान सेनानी शहिद हरि प्रसाद गुरुङ को ९८ औँ जन्म जयन्ती
पोखरामा शुक्रबार भव्यताका साथ मनाएको छ । विंस २०१८ साल माघ १८ गते
पञ्चायतका विरुद्ध लड्दा तत्कालिन सरकारले चितवनको भरतपुरमा जिउदै गाँडेका
स्वार्गीय गुरुङको स्मृतिमा शहिद हरि प्रसाद गुरुङ स्मृति प्रतिष्ठानले एक
कार्यक्रमको आयोजना गरि स्मृति दिवस मनाएको हो । स्मृति सभालाईं सम्बोधन
गर्दै नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा पुर्वसभामुख तारानाथ
रानाभाटले शहिदको बाटो अवलम्बन गर्न सके मात्र शहिदको सपना पुरा हुने दावी
गरे । उनले शहिद हरि प्रसाद जस्ता योद्धाहरुले पञ्चायतका विरुद्ध लडेका
कारण नै जनताले लोकतन्त्र अभास गर्न पाएको बताए । रानाभाटले विभिन्न
जनयुद्ध देखि आन्दोलनमा शहिदहरुको सपना सुन्दर नेपाल बनाउन नै रहेकाले यसमा
सबैको एकयावद्धता हुनुपर्नेमा जोड दिए । रानाभाटले बर्तमानमा देखिएको
अन्यौलता केही समय पछि हटेर जाने बिश्वास ब्यक्त गर्दै शुशिल कोइराला
नेतृत्वको
बर्तमान सरकारले नै समयमा नै संबिधान जारी गर्ने समेत दाबी गरे ।
कार्यक्रममा नेपाली कांग्रेस कास्की कार्यवाहक सभापति विष्णु बास्तोलाले
शहिदको सपना साकार गर्नका लागी आआफनो ठाउंबाट इमान्दार भएर लाग्नुपर्ने
बताउनुभयो ।, पुर्व सभापति शोभियत बहादुर अधिकारीले लोकतन्त्रको संस्थागत बिकास गर्नका लागी केही समय धैर्य गर्नुपर्ने भएको बताउनुभयो ।
, कांग्रेस नेता खेमराज पौडेलले शहिद हरि पं्रसाद गुरुङले दिएको योगदानको सरकारबाट उचित कदर गर्नुपर्ने औल्याए । आन्दोलनका शहिदहरुको सपना पुरा गर्न पार्टी सदैव तयार हुनुपर्ने वक्तहरुको जिकिर थियो । त्यसैगरि जिल्ला सचिवद्धय कृष्ण केसि र युवराज कुँवारले शहिद गुरुङले पार्टी र देशका निमिक्त गरेका योगदानको कदर गर्दै शहिदको सपना पुरा गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे । वक्तहरुले शहिदहरुले देखाएको बाटोलाई पार्टीले आत्मासाथ गरेर अगाडि बढ्नु नै उच्च श्रद्धाञ्जाली हुने बताए । प्रतिष्ठानका अध्यक्ष सम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय प्रचार बिभाग सदस्य राजबहादुर गुरुङ, कास्की क्षेत्र नम्बर ४ सभापति आइ बहादुर गुरुङ नेपाल महिला संघ कास्कीका अध्यक्ष तारा अधिकारी, नेपाल तरुण दल कास्कीका अध्यक्ष ऋषि काफ्ले, नेता टंक नाथ पौडेल, लगायतले शहिद गुरुङले दिएको योगदानका बारेमा चर्चा गरेका थिए । प्रतिष्ठानका सचिव टिका प्रसाद गुरुङले स्वागत मन्तव्य राखेका थिए भने आश बहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा पोखरेली सांगेतिक प्रशिक्षणबाट साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियो । शुक्रबार सम्पन्न कार्यक्रममा शहिद गुरुङका परिवार, आफन्तजन,राजनितिकर्मी, लगायतका व्यक्तिहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो । शहिद गुरुङलाई विंस ०४६ सालको जनआन्दोलन पश्चात बहुलदल आए पछि गठित नेपाली कांग्रेस नेतृत्वको सरकारले शहिद घोषणा गरेको थियो । तत्कालिन पञ्चायत सरकारले गुरुङ सहित अन्य तिन जनालाई जिउदै गाँडेको थियो ।
शहिद गुरुङको स्मृति दिवस भव्यताका साथ सम्पन्न
पोखरा १२ बैशाख प्रजातन्त्रका महान सेनानी शहिद हरि प्रसाद गुरुङ को ९८ औँ जन्म जयन्ती पोखरामा शुक्रबार भव्यताका साथ मनाएको छ । विंस २०१८ साल माघ १८ गते पञ्चायतका विरुद्ध लड्दा तत्कालिन सरकारले चितवनको भरतपुरमा जिउदै गाँडेका स्वार्गीय गुरुङको स्मृतिमा शहिद हरि प्रसाद गुरुङ स्मृति प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरि स्मृति दिवस मनाएको हो । स्मृति सभालाईं सम्बोधन गर्दै नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा पुर्वसभामुख तारानाथ रानाभाटले शहिदको बाटो अवलम्बन गर्न सके मात्र शहिदको सपना पुरा हुने दावी गरे । उनले शहिद हरि प्रसाद जस्ता योद्धाहरुले पञ्चायतका विरुद्ध लडेका कारण नै जनताले लोकतन्त्र अभास गर्न पाएको बताए । रानाभाटले विभिन्न जनयुद्ध देखि आन्दोलनमा शहिदहरुको सपना सुन्दर नेपाल बनाउन नै रहेकाले यसमा सबैको एकयावद्धता हुनुपर्नेमा जोड दिए । रानाभाटले बर्तमानमा देखिएको अन्यौलता केही समय पछि हटेर जाने बिश्वास ब्यक्त गर्दै शुशिल कोइराला नेतृत्वको बर्तमान सरकारले नै समयमा नै संबिधान जारी गर्ने समेत दाबी गरे । कार्यक्रममा नेपाली कांग्रेस कास्की कार्यवाहक सभापति विष्णु बास्तोलाले शहिदको सपना साकार गर्नका लागी आआफनो ठाउंबाट इमान्दार भएर लाग्नुपर्ने बताउनुभयो ।
, पुर्व सभापति शोभियत बहादुर अधिकारीले लोकतन्त्रको संस्थागत बिकास गर्नका लागी केही समय धैर्य गर्नुपर्ने भएको बताउनुभयो ।
, कांग्रेस नेता खेमराज पौडेलले शहिद हरि पं्रसाद गुरुङले दिएको योगदानको सरकारबाट उचित कदर गर्नुपर्ने औल्याए । आन्दोलनका शहिदहरुको सपना पुरा गर्न पार्टी सदैव तयार हुनुपर्ने वक्तहरुको जिकिर थियो । त्यसैगरि जिल्ला सचिवद्धय कृष्ण केसि र युवराज कुँवारले शहिद गुरुङले पार्टी र देशका निमिक्त गरेका योगदानको कदर गर्दै शहिदको सपना पुरा गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे । वक्तहरुले शहिदहरुले देखाएको बाटोलाई पार्टीले आत्मासाथ गरेर अगाडि बढ्नु नै उच्च श्रद्धाञ्जाली हुने बताए । प्रतिष्ठानका अध्यक्ष सम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय प्रचार बिभाग सदस्य राजबहादुर गुरुङ, कास्की क्षेत्र नम्बर ४ सभापति आइ बहादुर गुरुङ नेपाल महिला संघ कास्कीका अध्यक्ष तारा अधिकारी, नेपाल तरुण दल कास्कीका अध्यक्ष ऋषि काफ्ले, नेता टंक नाथ पौडेल, लगायतले शहिद गुरुङले दिएको योगदानका बारेमा चर्चा गरेका थिए । प्रतिष्ठानका सचिव टिका प्रसाद गुरुङले स्वागत मन्तव्य राखेका थिए भने आश बहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा पोखरेली सांगेतिक प्रशिक्षणबाट साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियो । शुक्रबार सम्पन्न कार्यक्रममा शहिद गुरुङका परिवार, आफन्तजन,राजनितिकर्मी, लगायतका व्यक्तिहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो । शहिद गुरुङलाई विंस ०४६ सालको जनआन्दोलन पश्चात बहुलदल आए पछि गठित नेपाली कांग्रेस नेतृत्वको सरकारले शहिद घोषणा गरेको थियो । तत्कालिन पञ्चायत सरकारले गुरुङ सहित अन्य तिन जनालाई जिउदै गाँडेको थियो ।
Nepalese Rupee Exchange Rate