इजरायलमा आदिकवि भानुभक्तको २०० बर्ष ऐतिहासिक रुपमा मनाइदै

तेल अभिव (इज़रायल) बैशाख, 
यासिन : नेपालका राष्ट्रिय बिभूति आदि कवि भानुभक्त आचार्यको द्विशतवार्षिकी ( दुई सय बर्षको जन्म जयन्ति उत्सव ) साहित्यिक कार्यक्रम लगायत बिबिध कार्यकमको साथ भब्य रुपमा सम्पन्न गर्ने तयारी भइरहेको छ । २४ मे का दिन आदिकवि भानुभक्त आचार्यको २०० औं शतवार्षिकी विशेष कार्यक्रमका साथ इजरायलको रमतगानको पार्क लूमिमा साहित्यिक कार्यक्रम सहित बनभोजको आयोजना गरिएको छ । 

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजनमा नेपालका राष्ट्रिय बिभूति आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी मनाउन इजरायलका लागि नेपाली राजदुत महामहिम श्री प्रल्हाद कुमार प्रसाईज्यूको सँरक्षकत्वमा इजरायलमा भानुभक्त द्विशतवार्षिकी समिति इजरायल गठन भएको छ । मूल समारोह समिति’का सदस्यमा मनोनीत श्रीमती भगवती बस्नेतको अध्यक्षता इज़रायलका साहित्यिक संस्था अन्तराष्ट्रिय साहित्य समाज इज़रायल च्याप्टर र विश्व नेपाली साहित्य
महासंघ इज़रायल शाखाको संयूक्त आयोजनामा आदिकवि ‘भानुभक्त आचार्य द्विशतवार्षिकी साहित्यिक कार्यक्रम भब्य तथा भव्य मनाइदै छ । इजरायलका सम्पूर्ण साहित्यिक मनहरु एकजुट भएर सक्रियताकासाथ कार्यक्रम सफल पार्न लागि परेको स्रोतले जनाएको छ ।

इजरायलमा रहेका दुवै (अनेसास, बिनेससास ) साहित्यिक संस्थाको सक्रिय सहभागितामा पहिलो पल्ट एकै साथ एकै ठाउँमा एकदमै ठुलो र ऐतिहासिक कार्यकम हुनेछ ! भानुभक्त आचार्य द्विशतवार्षिकी इज़रायल समारोह समिति संरक्षक : महामहिम राजदुत श्री प्रल्हाद कुमार प्रसाईज्यू सल्लाहकारहरु खड्ग प्रसाद दाहाल (उपनियोग प्रमुख, नेपाली दुतावास इजरायल ), सुवास खरेल (अध्यक्ष, गैर आवासीय नेपाली संघ, रासप इजरायल ) कृष्णपक्ष थापा (अध्यक्ष, अनेसास इजरायल ) अध्यक्ष  : भगवती बस्नेत उपाध्यक्ष्य – बिजे बिद्रोही राई, लक्ष्मी अनुरागी सचिव – सुनिता राई , कोषाध्यक्ष – निर्मला खड्का 

सदस्यहरू : 
श्रीराम अधिकारी,कल्पना पौडेल जिज्ञासु , मिरा मन थापा , सावित्री लुइँटेल, ज्ञानु बस्नेत , फूलकुमारी बाँस्कोटा , निशा खनाल अर्याल , रजनी शर्मा , अम्बिका बानिया, कृष्ण रायमाझी, निम्स शेर्पा, उषा न्यौपाने, शान्ति पाख्रिन तामाङ्ग , दिपेन्द्र थापा, समाश्री ,हजुरी शाह, मुना मन सिग्देल रहनु भएको छ । नेपाली वाङ्ग्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई देश विदेशका सम्पूर्ण नेपालीहरुले श्रद्दा भक्तिसाथ हेर्ने गरेका छन  नेपाली वाङ्मयमा सागर बनेका भानुलाई आआफ्ना विवेक र बुद्धिले भ्याएसम्म उनलाई सम्झेर उनको गुण गान गएका छन्  ‘नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन्  उनको सम्झना गर्नु हामी सम्पूर्ण नेपालीको कर्तब्य पनि हो  

नेपाली साहित्यका प्रज्वलित ज्योति आदिकवि भानुभक्तको देन पाएर नेपाली साहित्य समृद्धिशाली बनेको छ  राष्ट्रभाषा भानुभक्तको देन हो । जातीय भेदभाव मेटाउने, भाषिक सङ्कीर्णता हटाएर नेपाली भाषालाई सशक्त राष्ट्र भाषाका रूपमा दरो पार्ने काम भानुभक्तले गरे ।’ ‘नेपाली भाषालाई निक्खार र भावमय रूप दिने यिनै पहिला कवि हुन् । विविध वर्गका मानिसलाई मिलाउने एकताको मूलभाषा तथा संस्कृति प्रदान गरेर भानुभक्तले नेपाली मात्रको अनुपम सेवा गरे । यस्ता व्यक्तिको सम्झनामा श्रद्धा सुमन र सद्भावनाहरू भानुभक्तप्रति व्यक्त गर्न इजरायलमा रहनु भएको सम्पूर्ण आत्मीय मनहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ 

SHARE THIS

Author:

Facebook Comment