लोकतान्त्रिक गणतन्त्रमा राजतन्त्रको लोकप्रियता कम भएकै हो त ?मुलुक लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा होमिएको सातौं वर्ष वितेर आठौं लोकतन्त्र दिवस मनाइरहँदा पनि पूर्व राजसंस्थाप्रति जनताको लोकप्रियता कम भएको छैन भन्ने तलका फोटोहरूले प्रमाणित गरेको छ । पूर्व राजपरिवारका सदस्य नेपालका जुनसुकै कुनामा पुग्दा पनि सो क्षेत्रका जनताहरू उनको स्वागतकालागि सडकमा ओर्लिनुले आज पनि नेपाली जनताले मुलुकमा राजसंस्थाको अपरिहार्यतालाई देखाएका छन् ।
यसै क्रममा वैशाख २ गते धरानको चतरामा महाकुम्भ मेलामा सहभागी हुन पुगेका पूर्व राजा ज्ञानेन्द्र विक्रम शाहको स्वागतकोलागि उर्लिएको विशाल जन सागरको दृश्यले राजतन्त्रप्रति जनताको मोह कति रहेछ भन्ने प्रष्ट गर्दैन र ? फोटो सौजन्य:रोशन थापा मगर/फेसबुक
Nepalese Rupee Exchange Rate