वीरगन्जमा ट्राफिक समस्या बढ्दो

जनशक्ति अभावमा ट्राफिक व्यवस्था राम्रो हुन सकेको छैन—प्रनि 

वीरगंज/साँघुरो सडक अनि दिनप्रतिदिनको सवारीसाधनको चाप बढी रहेकाले पछिल्लो समयमा वीरगन्जमा ट्राफिक समस्या झनझन जटिल हुदै गईरहेको छ । अव्यवस्थित पार्किङ्ग , ट्राफिक नियमको पालना नगर्ने प्रवृति लगायतका बिभिन्न कारणले ट्राफिक समस्या बढी रहेको छ ।
ट्राफिक प्रहरीले जनशक्ति अभावमा ट्राफिक समस्या समाधान गर्न नसकेको स्वयम जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक दिल्लीप्रसाद मैनाली बताउछन् । पर्सा जिल्लामा २१ जना ट्राफिक प्रहरी जनशक्ति कार्यरत रहेकोमा १ प्रनि , १ प्रनानि , २ प्रसनि , ८ हवल्दार र ९ प्रज कार्यरत रहेको प्रहरी निरिक्षक मैनाली बताउछन् ।
ट्राफिक प्रहरीबाट भन्सारमा ६ जना , ३ जना गण्डकमा र २
जना बसपार्कमा नियमितरुपमा खटिरहेका र अन्य जिल्ला कार्यालयमा रहेर बिभिन्न ठाउमा खटिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
रजतजयन्ती चोक देखि गण्डक सम्मको बाईपास सडकमा दुर्घटनाको जोखिम तिब्र देखिएको छ । पछिल्लो समयमा बाईपास सडकको यस क्षेत्रमा धेरै घटनाहरु भईरहेका छन् । सडक छेवैमा ठूला सवारीहरु पार्किङ्ग गरिनु , तिब्र गतिमा सवारी साधन चलाईनु , क्षमता भन्दा बढी वजनका मालसामान सवारीसाधनमा लोड गरी सवारी साधन चलाईनु जस्ता बिभिन्न कारणले गर्दा दुर्घटनाको जोखिम तिब्र हुनुका साथै दुर्घटना समेत बढी रहेका हुन् ।
वीरगन्जको बाईपास सडकखण्डमा हुने गरेका अधिकांश सडक दुर्घटना भारत तर्फ निकासी हुने बालुवा गिट्टी र ढुङ्गा बोक्ने ट्रक एव टिपरबाट हुने गरेको छ । भारत तर्फ निकासी हुने बालुवा गिट्टी र ढुङ्गा बोक्ने ट्रक एव टिपरको लाम , तिब्र गति ,  सडक र सवारी साधनको क्षमता भन्दा बढी बालुवा गिट्टी र ढुङ्गा लोड गरिएका ट्रक र टिपर गुड्नुले पनि सडक दुर्घटना बढेको हो । श्रोतःहाम्रो आफ्नै पत्रिका

SHARE THIS

Author:

Facebook Comment