
गुणस्तरीयताको नाम दिदै मिठाई लगायत अन्य खाद्यपदार्थको मूल्यमा चर्को रकम असुली गरी रहेकाले , माखनभोग स्वीट्सले उपभोक्तलाई ठगी रहेको खुलासा भएको हो ।
भाखन भोग स्वीट्समा गई मिठाई खाई फर्किएका एक असन्तुष्ट ग्राहक भन्दछन् नाम र सान हेरेर स्वीट्समा गएको थिए तर मिठाई त रद्दी रहेछ । ठसठसी गनाऊने , छेनाको मिठाई भनिए पनि राम्रो नरहेको , बिक्री गरिने धेरै मिठाईका परिकारहरुको अवस्था पनि त्यस्तै रहेको उनको कथन थियो । यस माखनभोग स्वीट्समा उपलब्ध हुने अन्य नास्ताका परिकारहरु मध्ये ममको भित्र रहने मसला गनाऊने , चाऊमिन बासी समेत खुवाईने र सस घटिया हुने , डोसाको मसला र साथमा दिने सुप नराम्रो , बर्गरको
बन समेत न्यून गुणस्तरीय र म्याद नाघेको हुने गरेको , समोसाको मसलाको क्वालिटी समेत गए गुज्रेको हुने , पनिर चिल्ली पनि नाम मात्रको , छोलाभटोरा अघिल्लै दिन पकाई त्यसैलाई तातो बनाएर दिने अर्थात बासी खुवाऊने गरेको ग्राहकहरुको गुनासो रहेको छ ।
पूरानो पूजा स्वीट्सको नामका साथसाथै मिठाईहरुको गुणस्तरीयता भएका कारणले ग्राहकहरु त्यहाँ पुग्ने गरेका तर त्यो पूजा स्वीट्स नभई त्यहाँ माखनभोग स्वीट्स नामको अर्को स्वीट्स रहेकाले त्यही स्वीट्समा ग्राहकहरु मिठाई किन्ने गरेका छन् । एकपटक मिठाई किन्ने ग्राहकहरु त्यहाको मिठाईको गुणतरीयताका कारण अर्को पटक किन्नका लागि अर्को स्वीट्सको खोजि गर्ने गर्दछन् । यस्तैगरी गुणस्तरीय मिठाई नदिई ग्राहकहरुलाई ठगी गर्ने गरेकाले ग्राहकहरु मिठाई खरिद गर्न र नास्ता खान आउन छाडे पछि वीरगन्जको आर्दशनगरमा नै रहेको मंगलम स्वीट्स बन्द हुने अवस्थामा पुगेको छ । स्वीट्सका कर्मचारीहरु भने ग्राहक कोही नआए पछि दिनभर झिगाँ मारेर बस्ने गरेका छन् ।
यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयका खाद्य तथा गुणस्तर कर्मचारी संग बुझ्दा त्यस्तो पाईएमा कारवाही गरिने बताएका छन् । उनका अनुसार वीरगन्जका अधिकांश मिठाई पसलहरुले अस्वस्थ्य न्यून गुणस्तरीय खाद्य पदार्थ बिक्री बितरण गर्ने गरेका छन् । श्रोतःहाम्रो आफ्नै पत्रिका