– सुनिता राई
निकै समय देखि मैले महसुस गर्दै आएको कुरो । यस विषयमा बोल्न/लेख्न मन
नहुँदा हुँदै फेरी समय र शब्द चर्चिदै छु । जब म केहि लेख्छु साहित्यिक
कुरा (कविता, मुक्तक, लेख, सानो स्टाटस यस्तै यस्तै वालमा) कहिले काही
प्रतिक्रिया यस्तो आउँछ कि दुख लाग्छ । तर अहिले सम्म मैले त्यस तिर ध्यान
दिइन किनकी मान्छेले त्यति नै देखाउंछ जति उसको ब्रहम दृष्टिले देख्छ ।
परदेशिनु आफ्नो मातृभूमीलाई माया मार्नु होइन : -
हामी नेपालीहरु विभिन्न परिस्थिति र बाध्यताले नचाहँदा नचाहदै परदेशिनु परेको तितो यथार्थ हामी माझ खुल्ला पुस्तक जस्तै छ । परदेशिनु भनेको आफ्नो मातृभूमी लाइ माया मार्नु होइन । केहि समय विदेश मा दुख गरेर आफ्नै देश फर्केर प्रगति गरेरका नारी पुरुष हरुका उदाहरण प्रसस्त छन् हाम्रै अगाडी । बिदेशमा सिकेको शीप स्वदेश मा गएर त्यसलाई प्रयोग मा ल्याई आफ्नो मात्रै होइन देशलाई नै टेवा पुग्ने गरि योगदान गर्दै छन । त्यसलाई हामीले बिर्सिनु हुँदैन ।
बिदेशिनु रहर होइन बाध्यता नै हो:-
माध्यम स्तर परिवारका छोरा छोरी बिदेशमा पढ्न जाने बाहेक अरु जति पनि गएका छन् सबै पैसा कमाउने उदेश्य ले नै गएका हुन्छन , हामी पनि उस्तै बाध्यताले परदेश मै छौं । यो बसाई लामो नहोस
भन्ने कामना छ तर बाध्यताले भने झन् झन् तन्काइ रहेको छ ...खैर यसलाई नकोट्यउ , सबैको उस्तै हो विवसता ।
जति पनि नेपालीहरु बिदेशमा पसिना बगाइरहेछन् उनीहरु बाट देशको आर्थिक स्तर मा टेवा पुगेको कुरोलाई भुल्नु हुन्न । यसको अर्थ प्रवासीनेलाइ प्रोत्साहन दिएको बिल्कुल होइन । सके सम्म आफ्नै देशमा , आफ्नै माटोमा पसिना बगाउनु पर्छ । तर त्यहाँ केहि गर्नको लागि पनि अलिकति पैसा त चाहियो । त्यसैको लागि छोटो यात्रा बिदेशिनु नै बिकल्प बनेको छ ।
परिस्थिति :-
यसरि विभिन्न परिस्थिति र बाध्यताले बिदेशिन पुगेका हामी नेपाली कोहि अलि साक्षर कोहि अलि कम साक्षर होलाउ त्यो आफ्नै ठाउँमा छ । बढी साक्षर हुने ले राम्रो लेख्ने कम साक्षर हुनेले नराम्रो लेख्ने भन्ने हुँदैन । आफु जस्तो स्थितिमा रहेर भए पनि नेपाली साहित्यलाई माया गर्नु त गौरव को कुरो हो । देश , परिवार, आफन्त, नाता , नाला सबै बाट टाडा हुँदा परदेशमा कामका बाबजुत थाकेका मनको देश र परिवार सम्झदै भाव कोर्दा कोर्दै कतिले त अहिले पुस्तक नै प्रकाशित गरि सक्नु भएको छ । यो अत्यन्त खुशीको कुरो हो । बाध्यता र पीडा कतिको लागि यसरि प्रेरणा बनेको छ । यस्ता प्रेरणाले अहिले पछिल्लो समय मा अझ मजबुत भएको देखिन्छ । सम्बन्धित विषयमा अध्ययन गर्ने तर्फ पनि ध्यानाकर्ष्ण बढाएको छ र त्यसरी अध्ययन पश्चात थिक्रियेर आएको साहित्यमा निकै निखारता आएको छ । प्रवास बाट प्रकाशित साहित्यका जुन सुकै विधा होस् देशमै निक्लने भन्दा कम हुँदैनन् । र, यसले नेपाली साहित्यको ढिकुटी लाइ अबस्य भर्ने कार्य गरेको छ ।
स्पष्ट गर्न मन लागेको कुरो :-
साहित्य समाजको दर्पण (ऐना) हो जसले यथार्थ भोगाइलाइ रिफ्लेकट गर्दछ , र भावना पोख्ने स्वतन्त्रता हरेक व्यक्तिमा हुन्छ त्यो उसको नैसर्गिक अधिकार पनि हो । एक कविले, कवयत्रीले , लेखकले आफुलाई जुनसुकै तरिका बाट आफुलाई प्रस्तुत गर्न सक्दछ र त्यो कला उसमा हुनु पर्छ पनि । हामीले प्रसस्तै पढेका छौं एक कविले कविता लेख्दा कतिऔं रसमा लेख्न सक्दछ (राष्ट्र प्रेमको, बिद्रोही खालको, किसानी, प्रेमको, रोदनको , बिछोडको, संगमको, योगदानको, युद्धको, आक्रोशको , आँशुको, हाँसोको, जिन्दगीको, हेराइको , हिडाईको, रुवाइको, बिच्छिप्तताको, आदर्शको, संस्कृतिको , हिमालको , तालको , फुलको इत्यादी) , त्यस्तै गजल, मुक्तक, हाइकु, र साहित्यका अरु विधामा पनि यसरि कलाको मसिले चाहेको साहित्यिक रंग दिन सकिन्छ/सक्नु पर्छ ।
मानौं एउटा गुलावको फुल _ तपाइँ त्यसलाई कसरि देख्नु हुन्छ ?
सामान्य , विशेष वा केहि न कै ! जमिन बाट उम्रे पछि फुल्नु प्राकृतिक नियम हो फुल फुल्यो सकियो । हो अबस्य पनि त्यो सत्य हो । फुल्नु झर्नु प्राकृतिक नियम हो । सवाल हो तपाइँ त्यसलाई कसरि देख्नु हुन्छ , देखि रहनु भएको छ ?
त्यो फुल जसलाई तपाइँ सामान्य देख्नु हुन्छ त्यहि फुलमा कविले स्वर्ग देख्छ , नर्क देख्छ , सुन्दरता देख्छ , नग्नता देख्छ, उ वाद गर्न सक्छ , हाँस्छ , रमाउछ यहीं नै हो भिन्नता साहित्य दृष्टिको ।
र, अन्त्यमा _
हाम्रो समाजमा अहिले , यतिखेर पनि नारी/महिलाको साहस र सफलता मा शङ्का गरिन्छ । मैले केहि समय अघि यसै भित्तो मा त्यो कुरो उठाएकी पनि थिएँ ।
एक महिला ले प्रेमको कथा, कविता , गजल वा साहित्य का कुनै पनि विधा यसरि लेखेमा लौ यो त खत्तम भएछ , बिग्रिएछ , को सँग सल्किएछ भनि यस्ता नानाथरि उपनाम दिइन्छ । तेही विषयमा पुरुष ले लेखेको होस् उसले वाह , वाह को तालि पाउँछ । बडो दया र अचम्म लाग्छ . . . । अब सुस्तरी परिबर्तको पाटो नकोट्याउ ।
साहित्य सिर्जना गर्नु बाँजो मारेको बारी खन्नु होइन यसमा अध्ययन र साधना चाहिन्छ । उसले आफुलाई जुनसुकै रुप र रसमा प्रस्तुत गर्नु सक्नु पर्छ र साथै बुझ्ने मनहरु फराकिलो हुनु पर्दछ ।
म आशा राख्दछु , मेरो यो सानो गुम्सिएका गुनासाहरुलाइ पनि सकारात्मक रुपमा लिइदिनु हुने छ : धन्यवाद ।

Nepalese Rupee Exchange Rate