एउटा सिक्काको दुइटा पाटो


सिलिंग, सेन, सेन्ट,सिक्का जे भने पनि त्यसको अर्थ हुन्छ धातुको मुद्रा जसलाई हामि नेपाली जन जिब्रोको भाषा पैसो/ढ्याक आदि भन्छ्म ! हो यहि सिक्का अर्थात ढ्याकको पनि दुइटा पाटो हुन्छ ! उहिले त्यहि ढ्याकको एकातिर गाइ र अर्को तिर त्रिसुल छापिएको हुन्थ्यो ! कुनै खेल अथावा बाजी आयोजना गर्दा गाइ कि त्रिसुल भनेर हार जीत छुट्याउन ढ्याक हावामा फालेर भुईंमा झर्दा त्यसै बाट बाजीको निर्णय हुन्थ्यो ! जुन परमपरा अहिले पनि कायमै छ !
जसरी ढ्याकको दुइटा पाटा हुन्छ त्यस्तै गरि हरेक बिषयको पनि त्यस्तै दुईटा पाटा हुन्छ ! असल र खराब पाटो ! असल त असल नै भै हाल्यो तर खराब लाइ समयमै सच्याईयन भने त्यो पतन हुन्छ तर, कुनै कुनै लाइ चैँ ब्यक्तिबादी सोचले यो असल हो यसले देस र जनताको लागी फाइदा गरेता पनि हाम्रो लागि चैँ बेफाइदा हुन्छ त्यसैले यसलाई जुनसुकै
नीति अपनाएर भए पनि पतन गराउनु जरुरी छ भनेर पतन गराइयो र त्यो पतन हुने अभागी व्यबस्थाको नाम हो पंचायत !
बि.स.२००७ साल देखि २०१५ सालको त्यो बेलाको बिचमा नेपालमा धेरैनै फोहोरी राजनीति जन्मेको भन्ने कुरा इतिहासमा प्रस्ट लेखिएको छ ! जहानियाँ राणा सासनबाट जनतालाई मुक्ति गराउने भनेर गरिएको आन्दोलनले राणा सासन फाल्नु भन्दा अरु खास ठोस कार्य गरेको देखिदैन ! बि.स.२००७ साल देखि २०१५ सालको बीचमा १ पटक नेपालमा संसदिय चुनाव त भयो तर चुनाव पछी क्याबिनेट मिटिंग होस वा संसदीय छलफलमा भारतीय सासकको खुल्ला हस्तक्षेप हुन थाल्यो ! स्वतन्त्र नेपाललाइ सिक्किम बनाउने सपना देखेर कुटिल चाल चलिरहेको भेउ पाएर नै स्व. राजा महेन्द्रले ज्यान हत्केलामा राखेर देसको माटो सुहाउदो पंचायत ब्यबस्था लागु गरेका हुन भनेर जानिफकार हरु बताउनु हुन्छ !
बि.स.२०१७ साल पौषमा जन्माइएको पंचायती ब्यबस्था बि.स.२०२६ साल सम्म निर्धक्क संग फल्दै फुल्दै गएको थियो ! बि.स.२००७ पछी नेपालको मेचि देखि महाकाली सम्मको उत्तरी भूभागमा नेपाली कांग्रेसको सरकारले भारतीय सेनाको चेक पोस्ट राख्न दिइएको थियो जस्लाई स्व.राजा महेन्द्रले त्याहा बाट हटाउन लगाए पश्चात पंचायत माथि भारतीय सासकले कहर बर्साउन सुरु गरेको भन्ने कुरा पनि घाम जस्तै छर्लंग छ !
हिजोको कांग्रेसी उत्पादन पूर्व धनकुटा मुगाका सुर्य बहादुर थापा २०३३ साल पछी पंचायती राजनीतिमा हावी हुदै जान थाले ! पछी उनलाइ टक्कर दिने सुदुर पश्चिम बैतडी का लोकेन्द्र बहादुर चन्द निस्किए ! अझ त्यसपछी सुर्य बहादुर तथा लोकेन्द्र बहादुर अर्थात दुवै बहादुरलाइ टक्कर दिने राप्ति अन्चलका एक नेवारको छोरा मरिचमान शिह श्रेष्ठ बनेर निस्के ! समय र काल खण्ड हो वा योजनाकै एक हिस्सा हो मरिचमानले अन्तिम अबस्था सम्म पनि नेपाली रास्ट्रबाद छोडेनन तर आज सुर्य बहादुर तथा लोकेन्द्र बहादुर दुवै सुद्ध गणतन्त्रबादी नेता बनेका छन !
बि.स.२००७ देखि २०१५ सम्मको बिचमा नेपालको राजनीतिमा जुन परिदृश्य देखिएको थियो २०६३ देखि आजको मिति सम्ममा ठ्याक्कै सतप्रतिसत त्यहि दृश्य दोहर्याईएको छ ! २००७ सालमा उठेको माग संबिधान सभाको निर्वाचन यो बिचमा १ पटक गराइयो तर संबिधान दिन नसकेर पुन दोश्रो पटक गराउन लाग्दैछन ! विश्वमा कतै पनि ४/४ बर्षमा संबिधान दिन नसकेको उदाहरण पाइदैन !
मैले माथिनै उल्लेख गरि सकेको छु सिक्काको पाटोलाइ उदाहरण दिएर ! देस र जनताको लागि असल भएको कारणले गर्दा सुन्दर सान्त नेपालमा आफ्नो हालीमुहाली गर्न नपाउने भएर खास गरि दक्षिणी असल छिमेकी भनाउदो भारतले साम, दाम, दण्ड र भेद यी चरी नीति अपनाएर नेपालमा असान्ती मच्चाउदै छ भने बि.स. २००७ देखि बि.स.२०१५ होस या बि.स. २०४६ साल देखि आजको मिति सम्ममा उसको मतियारीमा प्रथम नम्बरमा नेपाली कांग्रेस छ भने पंचायतीकालमा सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द हुँदै बि.स.२०४६ साल पछी कम्युनिस्ट घटकको तत्कालिन माले हाल एमाले देखि माओबादी सम्म छ ! रास्ट्रघाती लाइ साथ दिन सकिदैन भनेर माओबादी पार्टीका जन्मदाता मध्येको एक बैद्य खेमा चैँ अलगिएको छ ! भारतको इसारामा यिनीहरुले देस र जनता प्रति घात नगरेको भए नेपालमा आज सम्म पंचायती ब्यबस्था नै फली फुलिराको हुन्थ्यो ! हिजो पंचायतकालमा जे जति भाको बिकास त निजीकरणको नाउँमा सकी हाले ! यो २४ बर्षको बिचमा रास्ट्रिय राजमार्ग होस या नया बिकास निर्माण केहि पनि भएको छैन ! सुन्दर पहाडी बिकट बस्तीमा स्काइभेटर नामको यन्त्र लगेर पहरो भत्काएर जिप गुड्ने बनाएको बाटो लाइ त्यो हाम्रो बिकास भन्छन भने त्यो जस्तो मिथ्या अरु के हुन्छ ? अझ रोचक कुरा चैँ के छ भने नेपालमा पहिलो पटक प्रजातन्त्र भित्रेको बि.स.२००७ सालमा हो ! फागुन ७ गते भित्र्याको भएर उक्त दिन लाइ प्रजातन्त्र दिबस भनेर मनाइन्छ तर बि.स.२००७ सालमा भित्र्याइएको प्रजातन्त्र दिबस मनाउने पंचायती ब्यबस्था र बि.स. २०६३ सालमा भित्र्याको प्रजातन्त्र दिबस नमनाउने लोकतान्त्रिक ब्यबस्थामा पंचायत चाहिँ निरंकुस कसरि भो ? यो चैँ अहिले सम्म नेपालको जनताले बुझ्न सकेको छैन ! (प्रकाशित मिति २०७० कार्तिक २१ गते बिहीवार ।)

SHARE THIS

Author:

Facebook Comment