वीरगंज । स्थानीय प्रशासनले तिहारमा पटका नपड्काउन एवं विष्फोटजन्य कुनै पनि वस्तुको प्रयोग नगर्न भनि जारी गरेको उर्दीको बेबास्ता गर्दै नारायणी अंचलमा आज पनि परम्परालाई निरन्तरता दिंदै पटकाहरु पड्काइयो ।
वीरगंजको माइस्थान पछाडी र मीना बजारस्थित बिहारी सुन कारोबारीहरुले, वडा प्रहरी कार्यालय विर्ताबाट खटिएका प्रहरीहरुकै अगाडी पटकाहरु पडकाइरहेका थिए (ड्युटीमा खटिएका प्रहरीको फोटो सुरक्षित छ), त्यस्तै वीरगंजको विर्ता, भगवती टोल, पानी टंकी, कुम्हालटोल, छपकैयाँ, जेलरोड, मिथिलानगर, प्रगतिनगर, मुर्ली बगैंचा, ब्रह्मटोल लगायतमा पटका पड्केको आवाजले वातावरण वारुद र धुँवामय भएको थियो ।
त्यस्तै नारायणी अंचलकै बारा, रौतहट लगायतका जिल्ला र गाउँहरुमा पनि स्थानीय प्रशासनको उर्दीलाई कार्प्रयान्वयन गराउन प्रहरी असफल भएको पाइयो ।
यता वीरगंजकै कतिपय ठाउँमा साँझ जिल्ला प्रहरी गस्तीको बाक्लो उपस्थितीका कारण पड्काउन नसकिएका पड्काहरु अहिले मध्यरातमा पडकाइँदैछ ।
नारायणी अंचलमा यस वर्ष पनि जुवा, तास, पटका लगायतका समाजिक कुरितीले निरन्तरता पायो । प्रहरीका वरिष्ठ अधिकारीको उपस्थिति र निरगरानी भाषणमै सीमित ।