राकेश चौरसिया/
पकाहाँ मैनपुर/ कार्तिक २१ ।
सशस्त्र प्रहरीले समाजमा शान्ति सुरक्षाको साथसाथै सचेतना फैलाउने तथा स्थानीय क्षेत्रको वातावरणीय सरसफाई कार्यलाई समेत निरन्तरता दिंदै आएका छन् ।
यस क्रममा हिन्दुहरुको दोश्रो ठूला पर्व छठको अवसरमा पकाहा मैनपुरमा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टले सो गाविसको वडा नं ६ मा रहेको पोखरीको छठ घाटमा सरसफाई गरेको ।
बिओपीका प्रमुख अर्थात सशस्त्र प्रहरी निरीक्षक दुर्गा भट्टको नेतृत्वमा रहेको सशस्त्र प्रहरीहरुले छठ घाटको सर सफाइ गरेका हुन् ।
सो सरसफाई मा संघीय सदभावना पार्टी निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार सुजित त्रिपाठीले पनि स्थानीय नेता तथा कार्यकर्ताहरुसहित सहभागिता जनाएका थिए ।
त्यसैगरी पर्साको कट्टीबलुवा मठस्थित छठ घाटको पनि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी निरीक्षक दुर्गा भट्टको नेतृत्वमा गएको टोलीले सरसफाइ गरेको स्थानीय बासीले बताएका छन् ।
यस अघि दशैंको अवसरमा पनि सो पोष्टले पर्साको धेरेस्थित भवानीको मन्दिरमा सरसफाइ गरेको थियो ।