राकेश चौरसिया/
वीरगंज/ पर्साको ग्रामिण
क्षेत्रमा स्थापना गरिएका सशस्त्र प्रहरीबलको “बोर्डर आउट
पोस्ट”मा परिचालन गरिएका सशस्त्र प्रहरीहरू सीमामा हुने आपराधिक गतिविधि
नियन्त्रण मात्र नभई अवैध तस्करी, राजश्व छली नियन्त्रण, शान्ति
सुरक्षा कायम गर्ने कार्यहरूका साथै सामाजिक काम पनि गर्दै आइरहेको छ ।
यसै
क्रममा पर्साको पकहाँ मैनपुरमा रहेका सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टले सोमवार
स्थानीय मन्दिरमा सरसफाइ गरेका छन् ।
पोष्टका
प्रमुख सशस्त्र प्रहरी निरीक्षक दुर्गा भट्टको र धोरे प्रहरी चौकीका प्रहरी सहायक
निरीक्षक कमल कार्कीको नेतृत्वका प्रहरीहरूले संयुक्त रुपमा धोरे गाविस–८मा
रहेका भगवतीको मन्दिरमा सरसफाई गरेको स्थानीय बासिन्दाले बताए ।
सशस्त्र
प्रहरी अधिकृत स्वयंले प्रहरी जवानहरू कुचो लिएर मन्दिरको सरसफाइ गरेको देखेर
स्थानीयबासीहरूले पनि नियमित रुपमा सरसफाइ गरेर बस्ने प्रतिवद्धता जनाएका थिए ।
सरसफाई गरे आफ्नै स्वास्थ्य र वातावरण स्वस्च्छ हुने चेतनामूलक संदेश प्रवाह भएको
स्थानीयले बताए ।
प्रकाशित मिति २०७० असोज २४ गते बिहीवार