खसीको भन्दै बाख्राको मासु

क्राइम चेक प्रतिनीधि/
वीरगंज/वीरगंज र आसपासका क्षेत्रमा रहेका साना देखि ठूला होटलहरूमा खसीको मासु भन्दै बाख्राको मासु खुवाउँदै उपभोक्तालाई ठगी गर्ने कार्यले व्यापकता पाएपनि सम्बन्धीत निकायको ध्यान त्यसतर्फ जान नसक्दान आम उपभोक्ताहरू मारमा परेका छ्न ।
                वीरगंजका साना देखि ठूला सम्म गरी करीब एक सय जति खाना खाने होटेलहरूमा यसरी बाख्रो मासुलाई खसीको मासु भन्दै उपभोक्ताहरूलाई हाका हाकी ठगी गर्ने कार्य भइरहेको उपभोक्ताहरूले गुनासो गरेका छन् ।
                चाडबाडको बेलामा त्यसैपनि मासुको भाउ भढ्ने र अभाव हुने हुँदा
उपभोक्ताको मागको गलत फाइदा उठाउँदै ती होटेल व्यवसायीहरूले बुढी बाख्रा, रोग लागेको बाख्रा, बोका, इत्यादीको मासुलाई खसीको भन्दै बिक्री वितरण गर्दै आएको बताईन्छ ।
                तारे होटेलको नामले चिनिने भिष्वा होटेलका साथै सम्झना, कुमु प्यालेस, हिरा प्लाजा, पुजन, स्टार होटेललगायतका दर्जनौं ठूला र ख्याती कमाएका होटेलहरूमा पनि अस्वस्थकर मासु पकाएर उपभोक्तालाई ठगि भइरहेको श्रोतले जनाएको छ ।
बाहिरबाट ल्याइने खसी, कुखुरा, च्याङ्ग्रा ईत्यादीको स्वास्थ्य परीक्षण गराएर मात्र बेच बिखन गर्नुपर्ने प्रावधानलाई लत्याउँदै वीरगंजका होटल व्यवसायीहरूले यसरी उपभोक्ताहरू ठगी गरिरहेको समाचार प्राप्त हुन आएको हो ।

नियमति रुपमा अनुगमन र कारवाही गर्ने निकायले चनाखो भई चासो लिएकै कारण स्थानीय एवं अन्यत्रबाट वीरगंज आएका आगन्तुकहरू यसरी अस्वस्थकर मासु खान बाध्य भएका छन् ।

SHARE THIS

Author:

Facebook Comment