क्राइमचेक प्रतिनिधि/
वीरगंज/गृहमन्त्री माधवप्रसाद घिमिरेले असन्तुष्ट दलहरुलाई चुनावी बाटोमा
ल्याउन सरकारले सक्दो प्रयास गरेपनि सफल नभएको बताउनुभयो ।
मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीलार्र्ई
चितवनमा बुधबार सम्बोधन गर्दै गृहमन्त्री घिमिरेले अब मुलुकमा एउटै मात्र आवश्यकता
प्रभावकारी सुरक्षाको प्रत्याभुति गराउनु भएकोले त्यसकालागि सरकार प्रतिवद्ध रहेको
बताउनुभयो ।
उहाले
नेपालका सुरक्षा निकाय जस्तो सुकै चुनौति पनि सहजताका साथ हल गर्न सक्षम रहेको
भन्दै भयरहित वातावरणमा चुनाव सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
वैद्य पक्ष तर्फ लक्षित गर्दे गहृमन्त्री
घिमिरेले भन्नुभयो, “चुनाव वहिष्कार मात्र होईन विथोल्छौ पनि भन्ने
कुरा आएको छ, यो लोकतन्त्रलाई नसुहाउने कुरा हो ।
लोकतन्त्रमा फरक मत राख्न पाईने
तर अरुको अधिकार हनन गर्न नहुने बताउनुभयो ।
केहि
दल चुनावी प्रक्रिया भन्दा बाहिर रहेकाले निर्वाचन सम्पन्न गर्न चुनौति रहेको
बताउनुभयो । मंसिर ४ को चुनावसँग
नेपालीको भविष्य जोडिएको बताउनुहुँदै गृहमन्त्री घिमिरेले निर्वाचन राजनैतिक दलको
लागी मात्र नभएको बताउनुभयो । वर्तमान सरकार, निर्वाचन आयोग,
सुरक्षा
निकाय चुनाव गर्न तयार रहेको र अन्तिम तयारी भैरहेको भन्दै मन्त्री घिमिरेले जनता
पनि चुनवाको वेग्र प्रतिक्षामा रहेको दाबी गर्नुभयो ।
भेलालाई
सम्बोधन गर्दे गृहमन्त्री घिमिरेले चुनावका बेला सञ्चारमाध्यमको पनि भूमिका
महत्वपूर्ण हुने भन्दै उहाँले निर्वाचनको विकल्प नभएको बेला निर्वाचन विरुद्ध
जानेलाई बेलैमा चिन्नुपर्ने बताउनुभयो । निर्वाचनको माहोल बनाउन पत्रकारहरूको पनि
महत्वपूर्ण भुमिका हुने भएकाले सरकारको तर्फबाट सकारात्मक भुमिका निर्वाह गर्न
आग्रह गर्नुभयो ।
यस्तै
सुरक्षा भेलालाई सम्बोधन गर्दे प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले मंसिर ४
मा चुनाव हुनेमा कुनै शंका नगर्न आग्रह गर्नुभयो । सरकार र निर्वाचन अयोगले चुनाव
गराउन कुनै कसर बाँकी नराख्ने भन्दै उहाँले निर्वाचन प्रति शंका गर्ने ठाँउ नरहेको
बताउनुभयो । मध्य क्षेत्रका ९ जिल्लाका सुरक्षा अधिकारीहरूको सहभागिता रहेको
गोष्ठीमा आगामी संविधानसभा निर्वाचनलाई लक्षित गरि सुरक्षा रणनीति तय गरिने
बताईएको छ । तर रणनिति भने सार्वजनिक गरिने छैन । गृहमन्त्रालयको आयोजनामा जारी
गोष्ठीमा गृहमन्त्री घिमिरेका प्रमुख आतिथ्यता र गृह सचिव जनाद्र्धन नेपालको
अध्यक्षता रहेको थियो ।
कार्यक्रममा
गृह सहसचिव शंकर प्रसाद कोईराला, सेनाका बलाधिकृत रथि नेत्र बहादुर थापा,
प्रहरी
प्रमुख कुवेरसिंह राना, शसस्त्र प्रहरीका महानिरिक्षक कोषराज वन्त,
मुख्य
अनुसन्धान निर्देशक मोति बहादुर गुरुङ सहित नौ जिल्लाका प्रमुख जिल्ला
अधिकारीलगायत सबै निकायका सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०७० असोज २४ गते बिहीवार