क्राइमचेक प्रतिनिधि/
एउटा सानो कथा ..
“बच्चोले सानो सामान चोरेर आमालाई दिएछ, आमैले
गाली गर्नुको साटो स्याब्बास् भानिछिन् । पछी छोरा नामुद चोर भयो । एकदिन पुलिसले
पक्रेर लैजाँदा आमाचैँले “थुक्क असत्ति कुलको बद्नाम गरिस”
भनेर सरापीछिन् । चोर छोराले भनेछ सानैमा मलाइ यस्तो काम गर्न रोक्नु
भएको भए न तपाइले मलाइ सराप्नु पथ्र्यो न म पुलिसको पक्राउमा पर्थे”
कानून
बिपरित गरिने र हुने काम अपराध हो र त्यस्ता काम गर्ने तथा गर्न लगाउने चैँ अपराधी
हुन् । यसलाई अदालती भाषामा भन्ने हो भने “कानूनले नगर
भनेको काम गर्नु र गर भनेको काम नगर्नु नै अपराध हो” ।
कथाको
सार जस्तै २०४६ साल पछि अस्तित्वमा
आएका र जन्मेका पार्टीहरु सबैले गुण्डा पाल्छन्
। ती गुण्डाहरू मध्येका नाइके गुण्डालाई डन बनाइन्छ । पैला एउटा हुन्थे अहिले
पार्टी पिछेका बनाइएका छन् । जसरी केन्द्र देखि गाउँसम्म राजनीतिक पार्टीको संगठन
बिस्तार गरिएको छ त्यस्तै छ गुण्डाहरुको संगठन पनि । पार्टीको सम्पूर्ण
आम्दानीदेखि पार्टीको नेताहरुको सुरक्षासम्मको जिम्मेवारी गुण्डाहरुले उठाएका
हुन्छन् । “गुण्डा समातेन, ज्यानमारा
समातेन, बलात्कारी समातेन, अपराधी समातेन अर्थात माथि भनिएका
कानून बिपरित काम गर्नेहरुलाई प्रहरीले समातेन” हिजो आज
नागरिक तथा संचार माध्यमले यस्तै आक्रोश पोख्छन् प्रहरीमाथि ।
अपराध
किन गरे ? अपराध गर्ने व्यक्ति कसरी अपराधी भो ? पुलिसले
अपराधी किन समातेन ? यो समाउनु नसक्नुको कारण के हो त ? यो
प्रश्न न त जनताले न त मिडियाले उठाउँछन् । हात बाँधेर राखेको मान्छेले काम गर्ने
सक्दैन भने मुखमा पट्टी बाधेको मान्छेले बोल्न सक्दैन । हो यस्तै बनाको छ नेपालको
पुलिसलाई नेपालको यी ४ ठूला पार्टीका ठुला नेताहरुले । नेपालको पुलिस हरेक कुरामा सक्षम छ तर सक्षम भएर मात्र केहि हुँदैन
। अपराधी समातेको १० मिनेटमा पुलिसको हाकिमको फोनमा घन्टी बज्छ । कारबाही नगरौं
मनले मान्दैन कारबाही गरु जागिरको ठेगान हुन्न । यदि मन दरो बनाएर नेताको आदेशलाई
लत्याउदै कारबाही गर्यो । मिसिल जाने पहिला सरकारी वकिलकैमा हो तर, त्यहाँबाट
मिसिल अदालत पुग्छ नै भन्ने कुनै टुंगो हुन्न । यदि पुगी हालेछ भने पनि सम्मानित
अदालतले प्रमाणको कमि देखाएर अपराधी जेल नपुग्दै छुटी सकेको हुन्छ ।
अब
भन्नुस २०४६ सालमा हामीले के सोचेर प्रजातन्त्रको लागि आन्दोलन ग¥यौं
? त्यतिले नपुगेर २०६२÷६३ को आन्दोलन गरेर किन राजा फालेर
गणतन्त्रमा समर्थन गर्नु पर्यो ? के
यहि दिन देख्नकै लागि भनेर आन्दोलन गरेका हौ त ? हिजो
पंचायतकालमा त पुलिसले मुद्दा चलाउने बेलामा सरकारी वकिल खुद प्रहरी कार्यालयमा
आएर मुद्दाको मिसिलमा सहि गरिदिन्थे । तर आज त्यस्तो छैन ।
डण्डा
नचलाए सम्म अपराधी तह लाग्दैन तर अपराधी समात्नलाई प्रहरीको पनि त मनोबल उच्च हुनु
पर्यो नि ?
प्रकाशित मिति २०७० असोज २४ गते बिहीवार