नेपाल परिवारको चुनावी अभियान शुरु

आसन्न संविधान सभाको निर्वाचनको लागि नेपाल परिवार दल पर्वत क्षेत्र नं २ ले जिल्लाको कार्कीनेटा गाविसवाट आफ्नो प्रचार प्रसार अभियान शुरु गरेको छ । विजया दशमीको टिकाको दिन पारेर शुरु गरिएको उक्त अभियान अन्र्तगत सोमवार कार्कीनेटा गाविस वार्ड नं ७ र ८ मा घरदैलो अभियान संचालन गरिएको हो ।
सो अवसरमा वोल्दै नेपाल परिवार दल पर्वत क्षेत्र नं. २ का उम्मेदवार श्रीमती समिक्षा शर्माले संविधान सभाको पहिलो निर्वाचनले माओवादी, काङ्ग्रेस तथा एमालेलाई नेपाली जनताले मत दिएपनि उनीहरुवाट संविधान निर्माण हुन नसकेको तथा राष्ट्रले गति लिन नसकेको बताउनुभयो ।
उम्मेदवार शर्माले तोकिएकै समयमा जनसंविधान निर्माण तथा समृद्ध नेपालको लागि चुनाव चिन्ह साँचोमा मतदान गर्न सम्पुर्ण मतदाता लाई आग्रह गर्नुभयो । संविधान निर्माण हुन नसक्नुको जड तिन दलिय स्वार्थ भएको बताउँदै शर्माले यस पटकको निर्वाचनमा अन्य दलहरुको बर्चस्व बढ्ने दावी समेत गर्नुभयो ।
यसैगरि नेपाल परिवार दल क्षेत्र नं १ ले पनि आफ्नो प्रचार अभियानलाई तिब्र पारेको छ । क्षेत्र नं. १ अन्र्तगत गर्ने दुर्लुङ गाविसबाट शुरु गरिएको उक्त अभियान अन्र्तग शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको क्षेत्र नं. १ का उम्मेदवार बावुराम शर्माले वताउनुभयो । 

SHARE THIS

Author:

Facebook Comment