वीरगंज २७ गते भाद्र ।
तराई – मधेश सदभावना पार्टी नेपालको केन्द्रिय बिस्तारित बैठक बीरगंज स्थित कलवार कल्याण समितिको अतिथी सेवा सदनमा हिजो बुधबार र आज बिहिबार गरी दुई दिने केन्द्रिय बिस्तारित बैठक पार्टीका केन्द्रिय सह अध्यक्ष एवं पुर्व शिक्षा मन्त्री रामचन्द्र प्रसाद कुशवाहाको अध्यक्षतामा संचालन भइरहेको छ ।
उक्त केन्द्रिय बिस्तारित बैठकको प्रमुख अतिथी पार्टीका केन्द्रिय अध्यक्ष एवं सिचाई मन्त्री महेन्द्र राय यादवले बिस्तारित बैठकको पानसमा दिप प्रजवलित गरी समुदघाटन गर्नु भएको थियो ।
सो केन्द्रिय बिस्तारित बैठकमा मधेश र मधेशी जनताको हक, अधिकार र संघियात सहितको पहिचानको लागी अगामी मंसिर ४ गते हुने संबिधान सभाको चुनावमा पार्टी एक इन्च पनि पछि नहटने र बिभिन्न राजनितिक दल स‘ग सहकार्य एवं तालमेल गरी चुनावमा उम्मेदवारी घोषण गर्ने लगायतका बिषय बस्तुहरुमा केन्द्रित रहि छलफलमा केन्द्रिय पदाधिकारीहरु ब्यस्त रहेको कुरा पार्टीका नेताहरुले बताएका छन ।
सो कार्यक्रमको बिशेष अतिथीमा पार्टीका बरिष्ठ नेता तथा पुर्व सभासद राम नरेश यादव रहनु भएको थियो । भने अतिथीहरुमा उपाध्यक्ष अलाउदिन असंरी, श्रीमति गौरी महतो कोइरी र रानी कुमारी मगर, महामन्त्री जय प्रकाश यादव, राम कुमार मण्डल, सुरेन्द्र पटेल, कोशलेन्द्र सर्मा, सह महामन्त्री राम पदार्थ साह, सत्वति कुर्मी, हफिज मिया अंसारी, रामअवतार राना, केन्द्रिय सदस्य गोर्वद्धन मेहता लगायत रहनु भएको थियो ।

Nepalese Rupee Exchange Rate