सोसल रिपब्लिकन पार्टी चुनावी मैदानमा : केन्द्रिय अध्यक्ष यादव


वीरगंज ७ गते भाद्र ।

           सोसल रिपब्लिकन पार्टीले सामाजिक लोकतन्त्र, नवसमाजवाद, र प्रजातिक राष्ट्रवादको नारा सहित केन्द्रिय कार्य समितिको दोस्रो विस्तारित बैठक आज देखि   वीरगंजको राणी सती अतिथि सेवा सदनमा पार्टीका केन्द्रिय अध्यक्ष रामबाबु राय यादवको अध्यक्षतामा सुरु भएको छ ।
सो दोस्रो विस्तारित बैठकको समुदघाटन कार्यक्रम पार्टीका केन्द्रिय अध्यक्ष यादवले मैनबती जलाएर समुदघाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रमलाई अध्यक्ष यादवले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै परम्परागत सामन्ती, एकल जातिय र अधिनायकवादी विचार बोकेका रुढीवादी राजनीतिक दलहरुको कुण्ठा, आग्रह, ढिपी, असहिष्णु आदि अनेक राग र द्वोएष मानसिकताको कारणले मुलुकलाई सदैव साकट, समस्या, द्वन्द र जटिलतामा अल्झाईरााख्ने र कुनै पनि यथोचित निकास नदिने गरि गरिरहेको परिस्थितीको अन्त्य गरी नयाा एकाइसौं शताब्दीको आवश्यकता र वैज्ञानिक सोचाईमा आधारीत सामाजिक लोकतन्त्र नव समाजवाद र प्रजातिक राष्ट्रवाद को गतिशिल विचारधारालाई जनता समक्ष राखी यो पार्टी
अगाडी बढेको कुरा कार्यक्रममा केन्द्रिय अध्ययक्ष यादवले जानकारी गराउनु भयो ।
साथै राष्ट्रको सम्मान तथा लोकतान्त्रिक मुल्य एवम मान्यताको रक्षा, आत्मनिर्णयको अधिकार सहितको प्रदेश, सामुदायिक समानुपातिक प्रतिनिधित्वको आधारमा समावेशीय राज्य संरचना, संघियराज्यहरुको साथै केन्द्रिय सरकारको सारकारी कामकाजको भाषामा बहुभाषिक नीति, आन्तरिक औपनिवेशिकरणको समाप्ति, किसान र मजदुरहरुको समुचित हित अधिकार जस्ता मुद्धा प्रति प्रतिवद्ध रहदै संघियता, स्वायतता, गणतन्त्र, समावेशिकरणलाई संस्थागत गरी समानता र न्यायमा आधारित नवसमाजवादी आर्थिक व्यवस्थाको स्थापना प्रति सोसल रिपब्लिक पार्टी प्रतिवद्धता रहेको कुरा अध्यक्ष यादवले बताउनु भयो ।
यसैगरी किसान आन्दोलनद्वारा संघियता, स्वयतता, आत्मनिर्णयको अधिकार, गणतन्त्र, समावेशी र धर्म निरपेक्षतालाई संस्थागत गरी किसान, गरीब, ग्रामिण समुदाय र श्रमिक वर्गका अधिकारलाई संविधान सभाको चुनावद्वारा नयाा संविधानमा सुनिश्चित गराउदै आर्थिक क्रान्तिको लागि उन्मुख गर्दै वर्तमान जटिल राजनीतिक समस्याको निकासका लागि यथाशक्य चााडो संविधान चुनाव गरी देशलाई लोकतान्त्रिक बाटोमा लैजानु पर्ने अवस्थालाई मध्यनजर गरी पार्टी चुनावमा भाग लिनको लागि निर्वाचन आयोगबाट सबै प्रक्रिया पुरा गरी चुनाव चिन्ह लिई औपचारीक रुपमा चुनावी मैदानमा ओर्लेको कुरा समेत दोस्रो विस्तारित बैठकमा केन्द्रिय अध्यक्ष यादवले बताउनु भयो ।
सो विस्तारित बैठकको अतिथिमा केन्द्रिय महासचिव ओम भण्डारी, सचिव बिपि लोहनी, समसुल हक, केन्द्रिय सदस्य भुपेन्द्र पौडेल, नवसमाजवादी युवा विग्रेडका केन्द्रिय सदस्य वीर बहादुर मोक्तान, केन्द्रिय सल्लाहकार आन्नद शर्मा,  सतोष चौधरी लगायत रहनु भएको थियो । भने कार्यक्रम संचालन पार्टी प्रवक्ता पुरुषोतम दुबेले गरेका थिए ।

SHARE THIS

Author:

Facebook Comment