गाईजात्रा पर्ब आज काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा मनाईंएको छ ।यस पर्वमा वर्ष दिनभित्र निधन भएका आफ्ना परिवारका सदस्यहरुको सम्झनामा प्रतीकात्मक अभिव्यक्ति स्वरुप मानिसलाई गाईको रुपमा वा गाईलाई नै सिँगारेर नगरपरिक्रमा गराइन्छ ।
|
फोटो :- कुशुमलाल श्रेष्ठ |
मल्ल राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफनी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन गाईजात्राको चलन चलाएको विश्वास गरिन्छ । यही परम्पराबाट सुरु भएको गाईजात्रा पर्वमा सामाजिक कुरीति, राजनीतिक तथा प्रशासनिक कमीकमजोरीलाई लक्षित गरी हाँस्य व्यंग्य कार्यक्रम गर्ने चलन पनि छ । यसैगरि वीरगन्जमा पनि नेवार समुदायले आज गाई जात्रा पर्ब मनाएका छन । अलखियामठ मन्दिर परिसरबाट आज विहान निस्केको गाई जात्रा आदर्शनगर, महाविरस्थान, माईस्थान, रेशमकोठी र विर्ता हुदै पून: अलखियामठ मन्दिरमै पुगी समापन भएको थियो । यसैबिच समलिङगी तेश्रो लिङगीहरुको संगठन नील हिरा समाज बाराले पनि आज कलैयामा गाइजात्रा निकालेको छ ।कलैया ५ स्थित समाजको कार्यालबाट निस्कीएको गाइजात्रा नगरका विभिन्न भागको परिक्रमा पछि पुन कार्यालय परिसरमै पुगेर समापन भएको थियो ।गाइजात्रामा समलिङगी तेश्रो लिङगीहरुको सहभागीता रहेको थियो । यसैबीच गाईजात्राको अवसरमा काठमाडौंमा कलाकारहरुले हाँस्य व्यंग्य महोत्सव सुरु गरेका छन् । प्रज्ञा भवन कमलादीमा “तिते जिरे मेरी बास्सै” र राष्ट्रिय सभागृहमा “झ्याँइकुटी जय होस्, हर्के हल्दार” गाईजात्रा महोत्सव शुरु भएको छ ।