नेपाल मानवअधिकार बर्ष पुस्तक सन २०१४ को अर्धवार्षीक पुर्ब समिक्षा सम्पन्न महिला अधिकार हननका घटनामा बृद्धि


कपिलवस्तु । ०७०भदौ ९ गते

अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले हरेक वर्ष प्रकासन गर्दै आएको नेपाल मानवअधिकार वर्ष पुस्तक सन २०१४को अर्ध वार्षिक पुर्ब समिक्षा कार्यक्रम आज तौलिहवामा सम्पन्न भयो ।

सन २०१३को जनबरी देखि जुन सम्मका ६महिनाका घटनालाइ समेटेर तयार पारीएको मानवअधिकार उल्लघनका घटना वारे जिल्लाका सरोकारवाला निकायले समिक्षा गर्दै सुझाव सल्लाह दिएका छन । समिक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि नन्दराम पौडेलद्धारा ६ महिनाको अवधिमा विभिन्न पक्षवाट मानवअधिकार हनन भएका घटनाहरुवारे सरोकारवाला निकायलाई जानाकारी गराइएको थियो । सार्वजनिक गरेको प्रतिबेदनमा यस वर्ष महिला हिंसाका घटनामा बृद्धि भएको उल्लेख छ  । यस वर्ष  ब्यक्तिगत रिसिविका कारण २ जनाको हत्या भएको छ भने गोलि प्रहारवाट १ जना घाइते , कुटपिटको ५ घटनामा २२ जना घाईते,धम्कीका २ घटनामा २ जना  पीडित ,गैरकानुनी गिरफ्तार ३ घटानामा १४ जना ,अपहरणको २ घटनामा २ जना अभिब्यक्ति स्वतन्त्रतामा १घटनामा ७ जना बालअधिकार हननमा ५ घटनामा ५ जना महिला अधिकारको ११वटा घटनामा १५ जना र घरेलु हिसांमा ८ घटनामा ८ जना आर्थिक सामाजिक अधिकारको १घटनामा ३० जना ,शिक्षाको अधिकारवाट १ घटनामा ३१२ जना पीडीत भएका छन । दोहरो झडबको १ घटनामा ९ जना घाईते, यातना तथा अन्य क्रूर, अमानवीय र अपमानजनक व्यवहार वा दण्डमा  १घटनामा १ जना  पीडित रहेको इन्सेक द्धारा सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख छ ।

कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले इन्सेकले प्रकासन गर्ने मानवअधिकार वर्ष पुस्तक मानवअधिकारको दस्ताबेज भएकोले यसमा समाबेश गरीने घटना सत्यतथ्य हुनु पर्ने भन्दै पुस्तक प्रकासित हुनु पुर्व समिक्षा गरीनाले पुस्तकको बिश्वसिनियता बढने बताए । पुस्तकमा बर्ष दिनमा कुन पार्टी ,समुह वा निकायले कतिदिन बन्द गरे
कसले विधालय बन्द गरे भन्ने तथ्याक पनि समाबेश गर्न सुझाव दिए । यसै गरी विशिष्ठ अतिथी तथा प्रहरी उपरिक्षक रविन्द्र प्रसाद शर्माले मानवअधिकार वर्ष पुस्तकले राष्टको समग्र मानवअधिकारको अवस्था झल्काउने भए पनि जिल्लाको समग्र मानवअधिकारको अवस्था विश्लेषण गरी समाबेश गरे राम्रो हुने सुझाव दिए । सार्वजनिक गरिएका घटना प्रहरीको डकुमेन्ट सगं मेल खाएको बताउदै इन्सेकले प्रकासन गर्ने मानवअधिकारको पुस्तकले गल्ती गर्नेहरु सच्चीने र सच्चाउने अबसर प्रदान गरेको बताए । यसै गरी सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका प्रहरी उपरिक्षक  पदम सिह ऐरले मानवअधिकार बर्ष पुस्तक दस्ताबेज भएकोले सशस्त्र प्रहरी संलग्न घटनामा ब्यक्तिलाई एक पटक कारवाही भइसकेकोले पुन नाम राख्दा दोहोरो कारवाही हुने हुदा नाम सच्चाउन सुझाव दिए ।

यसै गरी नेकपा एमाले जिल्ला सचिव विमला घिमिरेले जिल्लामा भएका संमग्र घटनाहरु समाबेश भएको भएपनि इलाका प्रहरी तथा  गाउ गाउमा भएका घटनाहरु पनि समाबेश गर्न आग्रह गरिन । माओवादीका जिल्ला सेक्रेटरी अनुप बरालले यस वर्ष नागरीक राजनैतिक अधिकार सहित आर्थिक समाजिक अधिकारका सवालमा घटना संकलन गरेकोमा धन्यवाद दिदै अझै शिक्षा ,स्वास्थ्य,खाद्यान्य, आवास ,बाताबरण तथा विकासका सवालहरु पनि समाबेश गर्नु पर्ने सुझाव दिए । यस्तै माहुरीहोमका कार्यकारी संयोजक दिनेश त्रिपाठीले  मानवअधिकार वर्ष पुस्तक दस्तावेज भएकोले बिस्तृत रुपमा जिल्लाको अवस्था बारे जानाकारी हुनुको साथै गल्ती गर्नेलाई सजायको भागी बनाउन यो पुस्तक उपयोगी हुने बताए । यसैगरी नेपाल सदभावना पाटी (सरिता)का अध्यक्ष राम दयाल ठाकुर ,जनमोर्चाका अध्यक्ष दधिराम आर्चाय,पत्रकार महांसघका उपाध्यक्ष बनारश बर्मा ,स्वतन्त्र पत्रकार सघका अध्यक्ष सुरेन्द्र लम्साल ,शान्ति समिति सचिव रेणु पोखरेल ,कान्तिकारी पत्रकार महांसघका अध्यक्ष अजुर्न बेलवासे ,अधिकारकर्मी थानेश्वर अधिकारी,पत्रकार पार्वती आर्चाय,मणी गैरे एडभोकेसी फोरमका सुर्य पोखरेल,लगाएतले विभिन्न घटनाका सम्बन्धमा सुझाव दिएका थिए ।  

SHARE THIS

Author:

Facebook Comment