रौतहट जिल्लाको विभिन्न ठाउँबाट भंसार छली चोरी निकासी पैठारी गरिरहेको अवस्थामा प्रहरीले एक करोड १५लाख ८६हजार मूल्य बराबरको मालसमान पक्राउ गरेका छन ।
गत आर्थिक वर्षको माघ २१गते देखि चालु आर्थिकवर्षको साउन महिनासम्ममा प्रहरीले जिल्लाको सीमासंग रहेका गौर ,महादेवपटी ,औरैया ,बन्जरहा ,बंकुल ,लक्ष्मिपुर वेलविछवा ,ब्रम्हपुरी ,गौर समनपुर सडक खण्ड ,गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत लगायत विभिन्न ठाउँबाट भंसार छली चोरी निकासी पैठारी गरि लगिरहेको अवस्थामा प्रहरीले उक्त मूल्य बराबरको मालसमान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भंसार चोरी निकासी पैठारीतर्फ पिकअप ,पजेरो ,सुमोकार ,सफारीजिप १२थान ,मोटरसाइकल ११थान ,कपडाहरु ४२बोरा ,सुकमेल ४सय ८५केजी,किराना समान १९बोरा ,यूरिया डिएपी मल ६सय ८२बोरा ,गोरु ,भैसी पाडा पाडी २१थान ,सुपारी एक सय ४८केजी ,चिनी एक सयबोरा ,साइकल १०थान ,चादीका गहना एक किलो ८सय ग्राम ,खानेतेल २सय ८०लीटर ,रुद्राक्ष ७किलो ,मोबाइलहरु १२थान पक्राउ गरिएको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताउनुभयो ।
विभिन्न समयमा घटेका १४जघन्य प्रकृतिका मुद्धाहरुको सफल अनुसंधान कार्य पुरा गरी १८जना अभियुक्तहरुमाथि कार्यवाही प्रकिया अघि बढाइएको तथा मुद्धा दर्ता भइ फरार रहेको १२५जना र अदालतबाट दोषी भइ कैद ,जरिवाना भएका ८०जना अभियुक्तहरुको खोजतलाश जारी रहेको समेत प्रहरी उपरीक्षले जानकारी दिनुभयो ।
प्रहरीप्रति जनताको विश्वास बढेको ,जिल्लाको समग्र शान्ति सुरक्षा सन्तोषजनक रहेको ,प्रहरीको सक्रियताले गर्दा समाजमा गुण्डागर्दी तथा अन्य अपराधमा कमी आएको तथा अगामी र्सविधानसभा निर्वाचनलाइ मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत पार्दै गएको समेत प्रहरी उपरीक्षक परियारले दावी गर्नुभयो ।