काठमाडौं, असार १७ - अनेरास्ववियुले अरु संगठनमा गएका वा निष्क्रिय रहेका नेता तथा कार्यकर्तालाई पुन संगठनमा ल्याउने भएको छ । संगठनको हालै सम्पन्न निर्वतमान पदाधिकारी सहितको सचिवालयको बैठकले त्यस्तो निर्णय गरेको हो ।
सोमबार निर्णय सार्वजनिक गर्न रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक माधव ढुङगलेले सबै आफ्नो मातृ संगठनमा फर्कने क्रम चलेकोले अनेरास्ववियुका उत्पादकहरु धेरै दलमा रहेका र केही निष्क्रिय रहेको अवस्थामा आफूहरुले अग्रजलाई फर्काउन अभियान चलाएको बताउनुभयो ।
बैठकले आगामि साउन १८ देखि २० गतेसम्म दाङमा संगठनको विद्यान सम्मेलन गर्ने निर्णय गरेको छ भने असोज ३ गेतदेखि ५ गतेसम्म राजधानीमा संगठनको २१ औ राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले असार ९ गते ईन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा. भरत
पहारीमाथि भएको आक्रमणप्रति खेद ब्यक्त गर्दै आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।
यस्तै पाटन संयूक्त क्याम्पसमा स्ववियुको आधिकारिकताको विषयमा क्याम्पस प्रमुखले एकलौटी रुपमा विभेदपूर्ण निर्णय लिएको भन्दै बैठकले त्यसको भ्रत्र्सना समेत गरेको छ ।
पाटन संयूक्त क्याम्पसको विवाद मिलाउन पठाएको टोलीलाई प्रहरीले पक्राउ गरेकोप्रति भत्र्सना गर्दै संगठनले क्याम्पस प्रमुख जस्तो पदमा बसेर आस्थाको राजनीति नगर्न चेतावनी समेत दिएको छ ।
त्यसैगरी बाढी पहिरो पीडितहरुका लागि तत्काल राहत र पुर्नवासको ब्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।