काठमाडौं, असार १७ । सशस्त्र प्रहरीले सार्वजनिक जग्गा आफ्नो नियन्त्रणमा लिई मन्दिर क्षेत्रमा ब्यारेक बनाउन थालेको भन्दै स्थानीयबासी विरोधमा उत्रिएका छन् । मूलपानी गाउँ विकास समितिस्थित सोमतीर्थ तथा गीता मन्दिर र स्थानीय अमरसिंह युवा क्लव रहेको एक सय दश रोपनी जग्गामा सशस्त्रले भवन निर्माण थालेको हो ।
स्थानीयबासीलाई थाहै नदिई भवन निर्माण थालेपछि
उनीहरु जग्गा स्थानीय प्रयोजनकै लागि फिर्ता गर्नुपर्ने माग राख्दै तीन दिनदेखि अनशन बस्दै आएका छन् । २०६१ सालमा तत्कालीन शाही सरकारले सशस्त्रलाई विद्यालय र अस्पताल बनाउने शर्तमा जग्गा उपलब्ध गराएको थियो ।
स्थानीय शंकर थापाले सशस्त्रसँग रहेको लालपुर्जामासमेत अस्पताल र विद्यालय बनाईने भन्ने उल्लेख भएकाले ब्यारेक बनाउन नदिने बताए । मूलपानी जग्गा फिर्ता संघर्ष समितिका संयोजक शंकरबहादुर बिष्टले स्थानीयबासीलाई जग्गा फिर्ता नगरेसम्म आन्दोलत र धर्नासँगै लैजाने हामीलाई बताए ।
सशस्त्रले ब्यारेक निर्माण गर्न लागेको क्षेत्रमा ऐतिहासिक गीता मन्दिर, पाँच हजार वर्ष पुरानो सपनतीर्थ मन्दिर, फुटबल मैदान र चरीचरन क्षेत्र रहेको स्थानीयको दावी छ । उनीहरुले यस क्षेत्रलाई बुद्ध उद्यानका रुपमा विकाश गर्न पच्चीस लाख रुपैयाँ समेत संकलन गरेका छन् ।